७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सबैभन्दा बढी भ्रष्टाचार मालपोतमा, १४ कार्यालयमा हाकाहाकी घुस !

सबैभन्दा बढी भ्रष्टाचार मालपोतमा, १४ कार्यालयमा हाकाहाकी घुस !
अ+ अ-

काठमाडौं ।  सरकारी निकायमध्ये सबैभन्दा बढी भ्रष्टाचार मालपोत कार्यालयमा हुने गरेको पाइएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार बढी हुने सूचीमा राखेका विभिन्न १४ वटा सरकारी कार्यालयमध्ये मालपोत कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको पाइएको हो । मालपोतलगायत अन्य १४ वटा सरकारी कार्यालयमा अहिले पनि सेवाग्राहीसँग खुलेआम घुस असुल्ने गरेको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले सातवटा प्रदेशमा पुगेर गरेको अध्ययनले ६५ प्रतिशत भ्रष्टाचार मालपोत, भूमिसुधार र नापी कार्यालयमा हुने गरेको देखाएको छ । मालपोत कार्यालयमा जग्गा पास गर्नेदेखि रोक्का र फुकुवा गर्नेसम्ममा कर्मचारीलाई अतिरिक्त रकम नबुझाए काम हुँदैन । मालपोतमा जाँदा सेवाभन्दा पनि सेवाग्राहीलाई बढी सास्ती दिने गरेका छन् । अतिरिक्त पैसा नदिए कर्मचारीले फाइलसमेत टेबुलमै रोकेर राख्ने गरेको पाइएको छ ।
त्यस्तै, २८ प्रतिशत भ्रष्टाचार जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवामा, ३७ प्रतिशत भ्रष्टाचार यातायात व्यवस्था विभागबाट वितरण हुने सवारीसाधन अनुमतिपत्रमा र ४४ प्रतिशत भ्रष्टाचार विकास निर्माणसम्बन्धी काममा हुने गरेको अख्तियारको प्रतिवेदनले औंल्याएको छ ।

अख्तियारले भ्रष्टाचारलाई तीन तहमा विभाजन गरेर हेरेको छ । ३० दशमलव ४ प्रतिशत नीतिगत तहबाट, २७ दशमलव २ प्रतिशत प्रक्रियागत, १० दशमलव ४ प्रतिशत साना रूपमा र ६ दशमलव ९ प्रतिशत संस्थागत रूपमा भ्रष्टाचार हुने गरेको पाइएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
प्रवक्ता दंगालका अनुसार अहिले पनि विभिन्न सरकारी कार्यालयमा खुलेआम घुस खाने प्रवृत्तिमा कमी आउन सकेको छैन । अख्तियारले सरकारी कार्यालयमा घुस खाँदै गर्दा कर्मचारीलाई रंगेहात पक्राउ गर्ने क्रम पनि पछिल्ला दिनमा बढेको छ ।
आयोगले भ्रष्टाचार बढी हुने संवेदनशील कार्यालयमा मालपोत, नापी, आन्तरिक राजस्व, नगरपालिका÷गाउँपालिका, खानेपानी, जिल्ला प्रशासन, जिल्ला शिक्षा, यातायात व्यवस्था, जिल्ला प्रहरी, जिल्ला कृषि, भूमि सुधार, घरेलु तथा साना उद्योग, सडक र नेपाल टेलिकम कार्यालय रहेको औंल्याएको छ । राजधानी दैनिकमा समाचार छ ।