७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबारदेखि देशैभर मौसम सफा हुने



अ+ अ-

काठमाडाैं – आगामी आइतबारदेखि देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।  शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

पश्चिमी क्षेत्रमा भने बिहान सामान्य बदली भए पनि दिउँसोदेखि मौसम सफा हुने मौसमविद् पौडेलले बताए । काठमाडौं उपत्यकामा बिहान आंशिक बदली हुँदा हलुका वर्षा भए पनि दिउँसोदेखि भने घाम लाग्न सक्ने महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले आइतबारदेखि मौसम सफा हुने पौडेलले बताए । गत बुधबारदेखि वर्षासँगै हिमपात हुँदा जाडो बढेको छ । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।