२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य तथा उच्च हिमाली क्षेत्रमा हिमपात, रसुवामा बाक्लाे हिउँ



अ+ अ-

रसुवा: तीनदिन देखिकाे निरन्तर वर्षासंग‌ै शनिबार रसुवाका उच्च भेगमा हिमपात भएकाे छ। प्रमुख जिल्ला अधिकारी कृष्ण पाैडेलका अनुसार गुम्वुडाडा भन्दा माथिल्लाे भेक अन्तरगत सदरमुकाम धुञ्चे लगायत रसुवाकाे अधिकांश भागमा गएरातिदेखि हिमपात भएकाे छ ।

हिमपातका कारण जनजीवन कष्टकर भएकाे छ । यहि माघ ८ गते बाट पानी पर्न शुरू भएकाे र पटक पटक काे बर्षा संगै परेकाे हिमपात यतिखेर समुन्द्री सतहदेखि एक हजार छसय मिटरकाे भूभागमा पुगेकाे बताइएकाे छ ।

जेष्ठ नागरिक लाई चिसाेलेबढि असर पु-याए पनि युवा भने हिउँ खेल्न जुटेका छन् । धुञ्चेमा भने छ वर्ष पछि हिमपात भएकाे छ । उत्तरी रसुवा गतलाङबाट प्राप्त जानकारी अनुसार गतलाङ क्षेत्रमा एक मिटर भन्दा बढी हिमपात भएकाे छ ।

हिमपातले मानिसहरू घरबाहिर निस्कने अवस्था नभएकाे, २०० भन्दा बढी चाैपायकाे चरण क्षेत्र हिउँले छाेपे बाट घाँसकाे संकट पर्दै गएकाे गतलाङका स्थानीय बासी मारलामाले बताउनुभयाे ।

हिमपातकाे समयमा पशु अाहारा सञ्चय गर्न कृषि अनुसन्धान केन्द्र (चरण) का वैज्ञानिकद्वारा विगतमा पाएकाे सीपले हे वनाई (बैज्ञानिक तवरले सुकाएर राख्ने )राखेका घाँस पनि सकिँदै गएकाे पशुपालक किसानले बताएका छन् ।