७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सम्पूर्ण अस्थायी र करार शिक्षकहरुलाई पुनः आन्तरिक परीक्षामा सहभागी गराउन माग

सम्पूर्ण अस्थायी र करार शिक्षकहरुलाई पुनः आन्तरिक परीक्षामा सहभागी गराउन माग
अ+ अ-


काठमाडौं । अस्थायी/करार शिक्षक केन्द्रिय संघर्ष समिति–२०६९ ले एक व्यक्ति एक पदको अवधारणाअनुसार उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधि कारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकहरुलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले यस्तो माग गरेको हो । समितिले सेवाबाट अवकास लिन चाहाने शिक्षकहरुलाई औषधोपचारको एकमुष्ट रकमसहित स–सम्मान विदा गर्नपनि माग गरेको छ ।
समितिका संयोजक हेमनाथ चौलागाँईले सबै अस्थायी शिक्षकहरुलाई विस्थापित गर्न नपाईने बताए । उनले भने,‘यदि सरकारले अस्थायी शिक्षकहरुलाई विस्थापित गर्यो भने हामी सशक्त आन्दोलनमा उत्रिन्छौं ।’
उनले सबै अस्थायी शिक्षकहरुलाई आन्तरिक परीक्षामा समेत सहभागी गराउनुपर्नेमा जोड दिए । उनले भने,‘अघिल्लो पटक आन्तरिक परीक्षामा सहभागी हुनबाट बञ्चित गराईएकाहरुलाई पनि पुनः आन्तरिक परीक्षामा सहभागी गराउनुपर्छ ।’
कार्यक्रममा समितिका बरिष्ठ उपाध्यक्ष गोपाल बहादुर बस्नेतले सरकारले आफूहरुले उठाएका जायज माग पूरा नगरे यसअघि सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रमहरुलाई जारी राख्ने चेतावनी दिए । उनका अनुसार समितिले यही माघ २९ गते देशैभरिका सामूदायिक विद्यालय बन्द गर्ने कार्यक्रम रहेको छ ।
बस्नेतले अघि थपे,‘आन्दोलनलाई सशक्त बनाउनको लागि हामीले ७७ वटै जिल्लाबाट साथीहरुलाई काठमाडौं बोलाएका छौं । माघ २९ गते विहान १० बजे काठमाडौंको भ्रदकालीमा भेला भएर नयाँ बानेश्वरसम्म जुलुश तथा ¥याली निकाल्ने कार्यक्रम छ।’
समितिका सह–संयोजक प्रविण न्यौपानेले सरकारले १७ वर्षसम्म पनि शिक्षक सेवा आयोग नखोलेर आफूहरुलाई अन्याय गरेको आरोप लगाए । न्यौपानले सरकारले विज्ञापन गर्दा विभेद गरेको पनि आरोप लगाए ।
उनले आफूहरुको उर्जाशील समय शिक्षण पेशामा खर्च भएको र अहिले आएर आफूहरुलाई विस्थापित गर्न खोजिएकोमा पनि कडा आपत्ति जनाए ।
कार्यक्रममा समितिका केन्द्रिय सदस्य शिव अधिकारीले आफूहरु अनशनमै बसेको बेला र अदालतमा मुद्दा चलिरहेकै अवस्थामा सरकारले बलपुर्वक आन्तरिक परीक्षा लिएको भन्दै कडा असन्तुष्टी पोखे ।
अधिकारीले भने,‘स्नातकोत्तरमा फष्ट डिभिजन ल्याएको र सबै विद्यार्थीलाई ए प्लस श्रेणीमा पास गराउन सफल हामी शिक्षकहरु राज्यको नजरमा कसरी अयोग्य र असक्षम भयौं ? म प्रश्न गर्न चाहन्छु ।’
उनले सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुसँगको भेटवार्तामा रोजगारी तथा अधिकारीबाट बञ्चित भए आफूकहाँ आउन आग्रह गरेको पनि स्मरण गराए ।
समितिले अस्थायी शिक्षकहरुलाई स्थायी गर्नको लागि विभिन्न चरणको सम्झौता भएपनि साधारण प्रक्रियाबाट परीक्षा लिई स्थायी गर्ने बहानामा एकैचोटीमा सबै शिक्षक असक्षम बनाई योग्यता, क्षमता तथा सामाजिक परिवेशमा अस्थायी शिक्षक परिवारजन समेतलाई आंतकित तुल्याउने काम भएको भन्दै आक्रोश पोखेको छ ।
समितिले यही माघ २९ गते काठमाडौंमा बृहत्त शक्ति प्रर्दशन, फागुण १ गते शिक्षक महासंघको कार्यालय घेराउ गर्ने र फागुण २ गते धुम्बराहीस्थित् नेकपाको कार्यालयमा धर्ना दिने कार्यक्रम पनि राखेको जानकारी दिएको छ ।