७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

प्रचण्डलाई ईश्वर पोखरेलको यस्तो कटाक्ष !

प्रचण्डलाई ईश्वर पोखरेलको यस्तो कटाक्ष !
अ+ अ-

पूर्व माओवादीहरुलाई पेलेरै जान खोज्ने हो भने देशमा अर्काे माओवादी जन्मिनसक्छ भनी हिजो चेतावनी दिएका नेकपाका अर्का अध्यक्षलाई लक्षित गरेर पूर्व एमाले नेता तथा हालका रक्षामन्त्री इश्वर पोखरेलले कटाक्ष गरेका छन् । नेकपाका सचिवालय सदस्य पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फ लक्षित गर्दै ‘शनक र उन्मादमा चल्ने’ लाई नेतृत्वमा ल्याए दुर्भाग्य हुने चेतावनी दिएका छन्। केही दिनयता भेनेजुएला प्रकरणमा नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच द्वन्द्व बढिरहेका बेला शनिबार पोखरेलले मुख खोलेका हुन्।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्- ‘कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ। तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन– ल्याइनै हुँदैन’, पोखरेलले शनिबार बिहानै फेशबुकमा लेखेका छन्, ‘अझ, शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न। त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ।’

भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्घ कडा वक्तव्य दिएका अध्यक्ष प्रचण्डले शुक्रबार मात्र सरकारको कार्यशैलीमाथि प्रहार गरेका थिए। प्रचण्डले सरकारको आलोचना गरेको भोलिपल्ट नै पोखरेलले उनैलाई लक्षित गरी अहिलेको राजनीतिक परिस्थिति र पार्टी एकताका सन्दर्भमा आफ्ना भनाई राखेका हुन्। यसअघि काठमाडौंको एउटा चुनावी क्षेत्र खाली गराएर नेकपाका वरिष्ठ नेता वामदेव गौतमलाई चुनावमा उम्मेदवार बनाउने प्रयास हुँदा पनि पोखरेलले यसैगरी फेशबुकबाट प्रहार गरेका थिए।

नेकपामा भेनेजुएला प्रकरणबाट सुरु भएको अहिलेको विवाद यो भनाभनबिच झन् बढ्ने देखिएको छ। पढनोस् ईश्वर पोखरेलको टिप्पणीको पूरा पाठः

परिस्थिति र पार्टी एकताका सम्दर्भमा

१.परिस्थिति
अहिले सरकार मात्र परिवर्तन होइन, प्रणाली परिवर्तन भएको हो। यसको संवैधानिक र राजनीतिक घोषणा त भयो– तर त्यस अनुरूप कानून र संरचनाहरू परिवर्तन वा अद्यावधिक भैसकेका छैनन्। गरिदैछन्– हुँदैछन्। अहिलेको यो स्थितिले एउटा अन्तर्विरोध देखिँदैछ। अभ्यास र आदत एकातिर, अवस्था र आवश्यकता अर्कोतिर।

सरकार मात्र परिवर्तन होइन, शासन सत्ताको माथिल्लो तह परिवर्तन भएको हो। स्थानीय तहका सरकार, प्रदेश तहका सरकार र संघीय सरकारमा कम्युनिष्टहरूले लोकतान्त्रिक विधिद्वारा घोषित रूपमा दुई तिहाइ हैसियत प्राप्त गर्नुले यसलाई स्पष्ट पारेको छ। तर यसलाई स्वीकार गर्न र पचाउन नसक्ने देशभित्र र बाहिर थुप्रै छन्। त्यस्ता धेरैको मन मुटु भत्भती पोलिरहेको छ। त्यस्ताहरूले अहिलेको विकसित स्थितिलाई पचाउन सकिरहेका छैनन् र हातमा पुल्ठो बोकेर झोस्न– डढेलो सल्काउन ज्यान फालेर लागेका छन्, पुल्ठो झोस्ने ठाउँहरू खोज्दैछन्। त्यस्तासित होशियार बन्नुपर्ने अहिलेको आवश्यकता हो। र, यो होशियारी नीतिमा, कार्यक्रममा, योजनामा र आचरणमा देखाउनु जरूरी छ। आमरूपमा आउने गरेका– उठ्ने गरेका प्रश्न, जिज्ञासा, आशंका र आक्रोशलाई तिनै मार्फत जवाफ दिनु जरूरी छ। धेरै उत्कृष्ट लाग्ने राम्रा कुराहरू बोलेर भन्दा पनि एउटा सरदर राम्रो काम गर्दै अगाडि बढ्नु जरूरी छ।

२. दुइटा कम्युनिष्ट पार्टी बिचको एकता
यो एकता कम्युनिष्ट आन्दोलनका कार्यकर्ताहरूको चाहना, कम्युनिष्ट पार्टीप्रति आशा अपेक्षा गर्ने आम नेपाली जनताको चाहना र राष्ट्रको आवश्यकतामा आधारित छ। एकताका सन्दर्भमा यी मूलतः भावनात्मक पक्ष हुन्। एकतासित गाँसिएको सार पक्ष भनेको विचारको पक्ष, संगठनात्मक संरचनाको पक्ष र नेतृत्वको पक्ष हो। एकताको घोषणा गरिरहँदा यी विषयमा त्यति गहिराइका साथ छलफल हुन सकेन। अब सिंगो पार्टी पंक्तिले यी विषयलाई गंभीर महत्वका साथ लिँदै छलफल बहस गर्दै एउटा निष्कर्षमा पुग्नुपर्ने जरूरी छ। एकताको घोषणा गरिरहँदा सकारात्मक र सार्थक बहस र छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने विषयमा यसलाई उल्लेख गरिएको छ। आफ्नै देशको कम्युनिष्ट आन्दोलनबाट विकसित भएको, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट प्राप्त अनुभवहरूको निर्मम समीक्षाबाट निकालिएको निष्कर्ष बोकेको र दर्शन तथा सिद्धान्तले निर्देशित सुसंगत विचारको श्रृंखला बोकेको कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता हो। यस मामिलामा अलमलिएर वा यसमा ‘ग्रे एरिया’ राखेर कम्युनिष्ट पार्टी अगाडि बढ्न सक्तैन।

सुदृढ संगठनात्मक संरचनाका बलमा मात्र कम्युनिष्ट पार्टीले आफूलाई एउटा शक्तिका रूपमा स्थापित गर्न सक्छ। यो श्रृंखलाबद्ध कमिटी प्रणालीमा देखिनुपर्छ। कम्युनिष्टका नाममा भीड शक्ति हुनसक्तैन। विसर्जन्मुख भीड त झन् किमार्थ शक्ति हुनै, बन्नै सक्तैन।

कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ। तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन– ल्याइनै हुँदैन। अझ, शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न। त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ।

आज नेकपा (एमाले) र माओवादी केन्द्र बिच भएको ऐतिहासिक एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही बाटो हिंड्नुपर्छ। चुनौतीपूर्ण अभिभारा पूरा गर्ने ऐतिहासिक क्षणमा उभिएका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले योग्यतापूर्वक यो काम गर्न सक्छन् कि सक्दैनन्– यसैमा नेपालको कम्युनिष्ट आन्दोलन र सिंगो मुलुकको भविष्य गाँसिएको छ। टुट्न मात्र होइन, जुट्न पनि जानेका छन् भनेर आफ्नो परिचय बनाएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले आगामी दिनमा यो ऐतिहासिक अभिभारालाई योग्यतापूर्वक पूरा गर्नेछन्।