३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई अध्यक्षलाई लक्षगरी भिम रावलको ट्वीट- पार्टी फुट्ला संयमित हुनु



अ+ अ-

काठमाण्डु – नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डको जुहारी चलिरहेका बेला नेता भिम रावलले पार्टी फुटेका विगतका इतिहासलाई सम्झेर संयमित हुन आग्रह गरेका छन् । पछिल्लो समयमा अध्यक्ष ओलीका कट्टर विरोधी मानिएका रावलले आज ट्वीट गरेर विगतमा पार्टी फुटेका इतिहासको पनि मनन् गर्न र त्यो इतिहास नेकपामा पनि दोहोरिन सक्ने भन्दै संयमित हुन आग्रह गरेका हुन् ।

भेनेजुएलाको राजनीतिक संकटमा अन्तर्रा्ष्ट्रिय समुदाय विभाजित बनेसंगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र पनि ‘भेनेजुएलाको काण्डले हलचल मच्याएको छ । भेनेजुएला प्रकरणमा नेता भीम रावलले अरु देशबारे टिप्पणी गर्दा पार्टी फुटेका विगतको इतिहास सम्झेर संयमित हुनु पर्ने उल्लेख गरेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गरेसंगै अमेरिकी दूतावासले त्यसपछि सरकारको आधिकारिक धारणा मागेको थियो । घटनाक्रम विकसित हुँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएला काण्डमा प्रचण्ड केही चिप्लिएको बताएका थिए । त्यसको प्रतिक्रिया प्रचण्डले पार्टी फुट्न सक्ने सम्भावना जताएर दिए । प्रचण्डले पार्टी फुटन सक्ने सम्भावना रहेको बताएलगत्तै भीम रावलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रुपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अबिलम्ब पूरा गर्नु बुद्धिमानी कार्य ठहरिने छ ।’