• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

दुई अध्यक्षलाई लक्षगरी भिम रावलको ट्वीट- पार्टी फुट्ला संयमित हुनु



काठमाण्डु – नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डको जुहारी चलिरहेका बेला नेता भिम रावलले पार्टी फुटेका विगतका इतिहासलाई सम्झेर संयमित हुन आग्रह गरेका छन् । पछिल्लो समयमा अध्यक्ष ओलीका कट्टर विरोधी मानिएका रावलले आज ट्वीट गरेर विगतमा पार्टी फुटेका इतिहासको पनि मनन् गर्न र त्यो इतिहास नेकपामा पनि दोहोरिन सक्ने भन्दै संयमित हुन आग्रह गरेका हुन् ।

भेनेजुएलाको राजनीतिक संकटमा अन्तर्रा्ष्ट्रिय समुदाय विभाजित बनेसंगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र पनि ‘भेनेजुएलाको काण्डले हलचल मच्याएको छ । भेनेजुएला प्रकरणमा नेता भीम रावलले अरु देशबारे टिप्पणी गर्दा पार्टी फुटेका विगतको इतिहास सम्झेर संयमित हुनु पर्ने उल्लेख गरेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गरेसंगै अमेरिकी दूतावासले त्यसपछि सरकारको आधिकारिक धारणा मागेको थियो । घटनाक्रम विकसित हुँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएला काण्डमा प्रचण्ड केही चिप्लिएको बताएका थिए । त्यसको प्रतिक्रिया प्रचण्डले पार्टी फुट्न सक्ने सम्भावना जताएर दिए । प्रचण्डले पार्टी फुटन सक्ने सम्भावना रहेको बताएलगत्तै भीम रावलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रुपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अबिलम्ब पूरा गर्नु बुद्धिमानी कार्य ठहरिने छ ।’