२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

३५ वर्षसम्म बिहे नगरे भत्ता



अ+ अ-

काठमाडौं । काभ्रेको पनौती नगरपालिकाले संघीय सरकारद्वारा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको खबर नागरिक दैनिकमा छ।

नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित, सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई लाभग्राहीका रूपमा समेटिएको हो। ‘संघीय सरकारले अविवाहित र सम्बन्ध विच्छेद भएका महिलालाई ६० वर्ष पुगेपछि मात्रै सामाजिक सुरक्षा भत्ता पाउने योग्य मानेको छ।

यस्तै लामो अवधिसम्म पति बेपत्त भएका महिलाको हकमा केही व्यवस्था छैन,’ नगरप्रमुख भीम न्यौपानेले भने,‘ हामीले संघीय सरकारको मापदण्डमा नपरेका महिलालाई समेत सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याएर लाभग्राहीको सूचीमा राख्ने भएका छौं।’