१७ भाद्र २०८३, बुधबार
,
Latest
गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका शीर्ष नेताको गृहजिल्लामा अर्बौको योजना



अ+ अ-

काठमाडौं । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका शीर्ष नेताले आआफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा ३६ वटा महत्त्वपूर्ण योजना सञ्चालनमा छन्। करिब चार अर्ब रुपैयाँका ती योजनामध्ये धेरै दाहालको निर्वाचन क्षेत्रमा छन्। दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएका हुन्।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा र निर्वाचन क्षेत्र नम्बर ५ मा पनि यसैगरी योजना पारिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। ओलीको निर्वाचन क्षेत्रसहित झापामा दर्जनौं ठूला योजना पारिएको छ।