११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

भेनेजुएला प्रकरण : सरकार र पार्टीको टाउको दुःखाई, ओली दाहालको दुरी बढ्दै

भेनेजुएला प्रकरण : सरकार र पार्टीको टाउको दुःखाई, ओली दाहालको दुरी बढ्दै
अ अ+ अ-

काठमाडौं । अचेल जताततै एउटा भनाइ सुनिन्छः बेला न कुबेला भेनेजुएला। कुनै साइनो–सम्बन्ध नभएको भेनेजुएला नेकपा र सरकारमा अहिले टाउको दुखाइ बनेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विदेशमा भएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिले दुई अध्यक्षको सम्बन्धमा पनि तिक्तता बढाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यही विषयमा दुई दिन यताको ‘जुहारी’ पछि शनिवार विहानै नेकपाका अध्यक्षद्दय ओली र दाहालवीच वालुवाटारमा भेट भयो। भेनेजुएला संकटमा दिएको वक्तब्यपछि एक-अर्काले दुवैका अभिब्यक्तिलाई ‘ब्यक्तिगत’ अथ्याइँरहदा वढ्दै गएको असमझदारीका वीच नेकपाका दुई पाइलटका वीचमा भेट भएको हो।

भेनुजुऐला प्रकरणमा अध्यक्ष दाहाल ‘शब्दमा चिप्लिएको’ टिप्पणी प्रधानमन्त्री समेत रहेका ओलीले एक टेलिभिजन कार्यक्रम गरेपछि ओली-दाहाल सम्वन्धमा देखिने गरि नै असमझदारी वढेको थियो। तत्कालिन एमाले९माओवादी एकतापछि ओली-दाहालले एक-अर्काका विरुद्ध खास आलोचनात्मक अभिब्यक्ति दिएका थिएनन। ओलीले टेलिभिजन कार्यक्रममा समकक्षी अध्यक्षको वक्तब्यलाई ‘अमुक ब्यक्तिको वब्क्तब्य र शब्द चिप्लिएको’ भनेपछि दाहाल आक्रोशित थिए। उनले पनि ओलीलाई जवाफ दिने शैलीमा गृहनगर पुगेर ओलीका अभिब्यक्ति ‘ब्यक्तिगत भएको भन्दै अर्थ नहुने’ मात्रै वताएनन्, शुक्रवार सार्वजनिक कार्यक्रममै ओलीले नेतृत्व गरेको सरकारको कार्यशैलीमाथी पनि प्रश्न उठाईदिए।

भेनेजुएला वब्क्तयपछि देखिएको असमझदारी दाहालले सरकारको कार्यशैलीमा समेत लगेर थपिदिए। यसले यी दुई अध्यक्षका वीचमा असमझदारी वढन थालेको देखिएको छ। ‘संविधानको मर्म अनुसार सिंहदरवारको अधिकार प्रत्यायोजित गरिदै छ त ? स्थानिय तह र प्रदेशलाई कानुन, सुरक्षा, कर्मचारी र वजेट दिइदैछ त ? ’ दाहालले सरकारले संघीयता कार्यान्वयनलाई खेलाची ठानेको संकेत गदै शुक्रवारको एक कार्यक्रममार्फत चेतावनी दिएका थिए,‘शान्ति प्रक्रिया र संविधानलाई हलुका ढंगले वुझिए अर्को माओवादी जन्मिन्छ। त्यसले झन ठूलो खतरा ल्याउन सक्छ।’

प्रतिपक्षी नेता शेरवहादुर देउवाको भूमिका खुम्चिएको र नेकपाका अध्यक्ष दाहाल पनि मौन वस्न थालेको भनी टिप्पणी भईरहदा दाहालले ओली र सरकारमाथी नै एकाएक ‘फायर’ खोलेपछि नेकपाका दुई खेमाका वीचमा असमझदारी वढेको थियो। त्यही असमझदारी अन्त्य गर्ने उदेश्यले शनिवार दुई अध्यक्षका वीचमा भेट भएको नेकपा स्रोतले वतायो। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले दुई अध्यक्ष वीचको भेटको पुष्टि गरे। तरअध्यक्षद्दयका वीचको कुराकानीका वारेमा उनी थप खुलेनन।

तर वालुवाटार स्रोतका अनुसार, दाहालसँगको भेटमा ओलीले सम्वन्धमा अविश्वास सिर्जना गर्नेतिर लाग्न नहुने धारणा राखेका थिए। ‘सञ्चारमाध्यम र टोलछिमेकमा हाम्रो सम्वन्ध विग्रेको भन्दै कुरा काट्न शुरु भएको छ, असमझदारी कही कतै छन् भने त्यसलाई हटाउनु पर्छ। सम्वन्ध विगार्नु हुन्न,’ ओलीको भनाई उदधृत गदै वालुवाटार स्रोतले भन्यो।

दाहालले भने आफुले शुक्रवारको सार्वजनिक कार्यक्रममा दिएको अभिब्यक्ति सरकारमा मात्रै लक्षित नभई समग्र राष्ट्रियरअन्तराष्ट्रिय परिस्थितीको आंकलनका सन्र्दभमा रहेर गरेको जवाफ ओलीलाई दिएका थिए। तर उनले सरकार र पार्टीका विषयमा प्रधानमन्त्री एक्लै हिडन खोज्दा केही असमझदारी वढ्न सक्ने भन्दै छलफलका आधारमा निर्णय प्रक्रियामा पुग्ने वाटो अवलम्वन गरेर जान सुझाएको स्रोतले वतायो।

दाहाल सरकारले अहिले निर्माण गरिरहेको कानुन, राजनीतिक नियुक्ति लगायतका विषयमा पनि प्रधानमन्त्री ओलीको कार्यशैलीसँग असन्तुष्ट छन्। त्यस्तै उनी तल्लो तहसम्मको पार्टी एकताका क्रममा देखिएको विलम्वमा पनि ओलीसँग सन्तुष्ट वन्न सकिरहेका छैनन।