११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

आईसीसीले दियो नेपाली खेलाडीलाई यस्तो खुसीको खबर !

आईसीसीले दियो नेपाली खेलाडीलाई यस्तो खुसीको खबर !
अ अ+ अ-

काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेट खेलाडीको दुई वर्षको तलब निकासा गरेको छ। आईसीसीले क्रिकेट खेलाडीको तलब राष्ट्रिय खेलकुद परिषद् (राखेप)को खातामा पठाएको हो।

नेपाली क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) दुई वर्षभन्दा लामो समयदेखि आईसीसीको निलम्बनमा छ। आईसीसीले आन्तरिक विवाद बढेको कारण देखाउँदै २०७३ साल वैशाख १२ देखि क्यानलाई आफ्नो सदस्यताबाट निलम्बन गर्ने निर्णय लिएको थियो। क्यानलाई निलम्बन गरे पनि आईसीसीले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भने रोक लगाएको छैन। क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेट खेलाडीले पनि मासिक पारि श्रमिक पाउन सकेका थिएनन्।

‘आईसीसीले शनिबार नेपाली क्रिकेट खेलाडीको दुई वर्षको तलब राखेपको खातामा उपलब्ध गराएको जानकारी सहितको पत्र हामीलाई पठाएको छ’, राखेपका प्रेस सल्लाहकार रोहित दाहालले अन्नपूर्ण पोस्ट्सँग भने। राखेप सदस्यसचिव केशवकुमार विष्टले पटकपटक पत्राचार गरेपछि आईसीसीले खेलाडीको तलब निकासा गरेको जानकारी दाहालले दिए। तलब निकासाका लागि खेलाडी र प्रमुख प्रशिक्षक जगत टमटाले पनि पहल गरेका थिए। ‘लामो समयदेखि क्यान आईसीसीको निलम्बनमा परेको छ। क्यान निलम्बनमा परेका कारण खेलाडीले पनि तलब पाउन सकेका थिएनन्। त्यसैले सदस्यसचिवज्यूले खेलाडीको पारि श्रमिक उपलब्ध गराउन आईसीसीसँग पटकपटक पत्राचार गर्नुभएको थियो।

यसका लागि खेलाडीले पनि पहल गरेका थिए। सोहीअनुरूप आईसीसीले राखेपको खातामा खेलाडीको दुई वर्षको तलब उपलब्ध गराएको जानकारीसहित हामीलाई पत्र पठाएको हो’, प्रेस सल्लाहकार दाहालले भने। हाल नेपालले आईसीसीबाट एकदिवसीय टोलीको मान्यता प्राप्त गरेको र अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्वपूर्ण उपलब्धिहरूसमेत हासिल गर्दै गएकाले खेलाडीको पारि श्रमिक बढाउने विषयमा राखेपले आवश्यक पहल थाल्ने तयारी भइरहेको जानकारी पनि दाहालले दिए।

आईसीसीले खेलाडीको दुई वर्षको पारि श्रमिकबापत राखेपको खातामा एक करोड २७ लाख ८७ हजार सात सय ८२ रुपैयाँ पठाएको छ। आईसीसीले तलब दिने खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरेको छ। ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३५ हजार रुपैयाँ, ‘बी’ श्रेणीमा पर्ने खेलाडीले मासिक २५ हजार रुपैयाँ र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक १५ हजार रुपैयाँ तलब पाउने छन्।

वर्गीकरणअनुसार ‘ए’ श्रेणीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सन्दीप लामिछाने, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी छन्। ‘बी’ श्रेणीमा शक्ति गौचन, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ सेख, करण केसी, ललित भण्डारी र अनिलकुमार शाह छन्। यसैगरी ‘सी’ श्रेणीमा सुशन भारी, किशोर महतो, सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनिल धमला र विनोद भण्डारी छन्। क्यानले सन् २०१५ देखि खेलाडीलाई तीन श्रेणीमा विभाजन गरी मासिक तलब दिन सुरु गरेको हो। पछिल्लोपटक क्रिकेट खेलाडीले सन् २०१७ को जुलाईमा तलब पाएका थिए। ‘ए’ श्रेणीमा परेका प्रत्येक खेलाडीले दुई वर्षको एकमुष्ठ आठ लाख ४० हजार रुपैयाँ पारि श्रमिक पाउनेछन्।

‘बी’ श्रेणीमा परेका खेलाडीले दुई वर्षको एकमुष्ठ ६ लाख रुपैयाँ पाउनेछन्। यसैगरी ‘सी’ श्रेणीमा पर्ने प्रत्येक खेलाडी दुई वर्षको एकमुष्ठ तीन लाख ६० हजार रुपैयाँ हात पार्नेछन्। क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेटको व्यवस्थापन सीधै आईसीसीले नै हेर्दै आएको छ। क्यान निलम्बनमा परेको दुई वर्ष नौ महिना पुगिसके पनि नेपाली खेलाडीले भने विभिन्न ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। अघिल्लो साता मात्र नेपाली क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई उसैको मैदानमा २–१ ले हराउँदै एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जितेको थियो। आईसीसीबाट एकदिवसीय मान्यता पाएयता नेपालले जितेको यो पहिलो एकदिवसीय शृंखला थियो। त्यसपछि यूएईलाई नै हराउँदै नेपालले तीन खेलको टीट्वेन्टी शृंखला पनि २–१ ले नै जितेको थियो।

अन्नपूर्ण पोस्ट्मा खबर छ ।