काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले राजिनामा दिएका छन् ।
शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले आफुलाई एसएसपीमा बढुवा नगरेको भन्दै राजीनामा दिएका हुन् ।
उनले आइतबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् । हाल उनी महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत थिए ।