१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिगब्यास: सन्दीपको ३ विकेटसँगै मेलबर्न सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । बिगब्यास क्रिकेट प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछानेको टिम
मेल्बर्न स्टार्सले सिड्नी सिक्सलाई ९४ रनले हराएको छ ।


मेल्बर्नको जितमा नेपाली बलर सन्दीप लामिछाने चम्किए उनले ३.४ ओभर वलिङ गर्दै ११ रन खर्चेर ३ विकेट लिए ।

मेलबर्नलाई समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाव थियो । पहिले ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो । म्याक्सवेलले ४३ बलमा ८२ रन बनाए ।

जवाफमा मैदान उत्रिएको सिड्नी सिक्सर्सले १३.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।