• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ

घोराहीमा ओरोलो लाग्दै कम्युनिस्ट, कांग्रेसको सानदार जित



घोराही । दाङ जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई झट्का लागेको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नेकपालाई हराउँदै नेपाली कांग्रेस निकटको प्रजातान्त्रिक समूहले बिजयी हासिल गरेको हो ।

आइतबार बिहान सम्पन्न मत परिणामअनुसार प्रजातान्त्रिक समूहबाट देवीबहादुर डिसीको समूह निर्वाचित भएपछि दाङमा कम्युनिस्टहरू ओरालो लाग्न थालेको चर्चा हुन थालेको छ ।

प्रजातान्त्रिक समूहबाट अध्यक्षमा उम्मेदवार बनेका डिसीले १९९६ मतसहित विजयी भएका छन् । प्रगतिशील समूहका उम्मेद्धार गणेशप्रसाद श्रेष्ठले जम्मा ९७६ मत पाएका थिए ।

प्रजातान्त्रिक समूहबाट उपाध्यक्षमा भरतमणि पाण्डे, सचिवमा सुजन पाण्डे, ध्रुब केसी कोषाध्यक्ष, सदस्यहरूमा धमेन्द्र श्रेष्ठ, नारायण भण्डारी, यशोदादेवी पाण्डे, खुमा खड्का थापा मगर र लक्ष्मीसिंह ठकुरी निर्वाचित भएका छन् ।