१७ भाद्र २०८३, बुधबार
,
Latest
गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोराहीमा ओरोलो लाग्दै कम्युनिस्ट, कांग्रेसको सानदार जित



अ+ अ-

घोराही । दाङ जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई झट्का लागेको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नेकपालाई हराउँदै नेपाली कांग्रेस निकटको प्रजातान्त्रिक समूहले बिजयी हासिल गरेको हो ।

आइतबार बिहान सम्पन्न मत परिणामअनुसार प्रजातान्त्रिक समूहबाट देवीबहादुर डिसीको समूह निर्वाचित भएपछि दाङमा कम्युनिस्टहरू ओरालो लाग्न थालेको चर्चा हुन थालेको छ ।

प्रजातान्त्रिक समूहबाट अध्यक्षमा उम्मेदवार बनेका डिसीले १९९६ मतसहित विजयी भएका छन् । प्रगतिशील समूहका उम्मेद्धार गणेशप्रसाद श्रेष्ठले जम्मा ९७६ मत पाएका थिए ।

प्रजातान्त्रिक समूहबाट उपाध्यक्षमा भरतमणि पाण्डे, सचिवमा सुजन पाण्डे, ध्रुब केसी कोषाध्यक्ष, सदस्यहरूमा धमेन्द्र श्रेष्ठ, नारायण भण्डारी, यशोदादेवी पाण्डे, खुमा खड्का थापा मगर र लक्ष्मीसिंह ठकुरी निर्वाचित भएका छन् ।