७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हेरोइनसहित नेपाली सेनाका जवान पक्राउ



अ+ अ-


काठमाडौँ । अवैध लागुऔषध ‘खैरो हेरोइन’ सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको वर्द गोरिया गाउँपालिका–१ स्थायी घर भई नेपाली सेनाको ललिपुरस्थित ब्यारेकमा कार्यरत बहालबाल जवान ऐकन्द्र शाही रहेका छन् । शाहीसँगै लागुऔषध कारोबारमा संलग्न कैलालीका कृष्ण भण्डारीलाई पनि प्रहरीले शनिवार नियन्त्रणमा लिएको छ ।

शाहीलाई काठमाडौं–२६ स्थित सगरमाथा गेष्ट हाउसबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनिहरुको साथबाट प्रहरीले २२ ग्राम खैरो हेरोइन बरामद गरेको हो।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा टेकुले बताएको छ ।