• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी

कार दुर्घटनामा परेपछि बेलायतका राजकुमारले बुझाए प्रहरीलाई आफ्नो ड्राइभिङ लाइसेन्स



बेलायतकी महारानी एलिजाबेथ द्वितीयका ९७ वर्षीय श्रीमान राजकुमार फिलिपको केही दिनअघि कार दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेपछि राजकुमार फिलिपले आफ्नो ड्राइभिङ लाइसेन्स प्रहरीलाई बुझाएका छन् । उनले चलाएको कारले ठक्कर दिँदा दुई जना महिला घाइते भएका थिए । बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र लाइसेन्स स्वेच्छिक रुपमा त्याग गरेको दरबारले जानकारी दिएको छ ।

बकिंघम प्यालेसले बताएअनुसार ड्यूक अफ् एडिनबर्गसमेत रहेका राजकुमार फिलिपले गएको महिना भएको ल्याण्ड रोभर कार दुर्घटनापछि आफ्नो ड्राइभिङ लाइसेन्स बुझाउने निर्णय आफैले गरेका हुन् ।

दरबारबाट सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘गम्भीरतापूर्वक विचार गरेपछि ड्यूक अफ प्रिन्सले स्वेच्छाले आफ्नो ड्राइभिङ लाइसेन्स सरेन्डर गर्ने निर्णय लिनुभएको हो ।’

प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा पनि सेन्ड्रिंघममा भएको ल्याण्ड रोभर दुर्घटनाका चालकले आफ्नो लाइसेन्स बुझाएका छन् ।

राजकुमार फिलिपले चलाएको कार दुर्घटनामा परेपछि निकै नै विवाद भएको थियो । बढ्दो उमेरमा पनि सवारी चलाएको भन्दै राजकुमार फिलिपको आलोचना निकै नै भएको थियो ।

विश्वका धेरै देशमा सवारी चालकका लागि उमेरको हदबन्दी भए पनि बेलायतमा भने माथिल्लो माथिल्लो उमेरमा कुनै हदबन्दी छैन । तर कुनै रोगबाट ग्रस्तलाई भने सवारी चलाउन मनाही छ । एजेन्सी