३ मंसिर २०८१, सोमबार
,
Latest
राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाकाे अन्त्येष्टि गर्ने सरकारको निर्णय चिनियाँ कार्डबारे एमालेको वक्तव्यप्रति प्रचण्डको टिप्पणी– ‘खुदा पहाड, निक्ला चुहा’ पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा पूर्वसभामुख ढुंगानाको आज अन्त्येष्टि गरिँदै, मन्त्रिपरिषद् बैठक बस्दै रवि लामिछानेविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी, पोखराबाट ल्याउने तयारी कोशी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना पूर्वराष्ट्रपति भण्डारीद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन शुरु गर्ने रास्वपाको घोषणा स्थानीय तहका ४२ पदका लागि चार सय सात जनाको मनोनयन दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको काममा अवरोध नपुर्याऊ : सञ्चारमन्त्री



अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपुर्याउन सबैमा आग्रह गर्नुभएको छ ।

बनेपा नगरपालिका–१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकार क्रमैसँग विकासनिर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब नगर्नुस् ।” उहाँले जनतासँग खाएको कसम केही पूरा भएको जिकिर गर्दै बाँकी क्रमैसँग पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री बाँस्कोटाले नेपाली नागरिकलाई भूमिहीन नबनाउन गाँस, बास र कपास उनीहरुको अधिकार हो भनेर कानून ल्याइएको बताउँदै भन्नुभयो, “जब जनताका कानून बन्दै गर्छन्, आउँदै गर्छन्, जनता बलिया हुँदै जान्छन्, अनि सुखी नेपाली समृद्ध नेपालको सपना पूरा हुन्छ ।

बनेपा नगरपालिका र स्थानीयवासीको सहयोगमा मन्दिर बनाइने बताइएको छ ।