२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री पण्डितलाई नेपालीको प्रश्न : ‘साइकलले पनि तेल खाँदो रहेछ, कस्तो साइकल हो मन्त्रीज्यू ?’



अ+ अ-

यूएई । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई नेपाली दूतावास आबुधाबीमा आयोजित कार्यक्रममा नेपाली नागरिकले व्यङ्यमिश्रित प्रश्न सोधेका छन् ।

शनिवार यूएईमा मन्त्री पण्डितलाई नेपालीहरुले, ‘साइकलले पनि तेल खाँदो रहेछ, कस्तो साइकल हो मन्त्रीज्यू ?’ भनेर सोधेका थिए । त्यसको जवाफस्वरुप मन्त्री पण्डितले आफ्नो निजी सवारी साधनको रुपमा आफूसँग साइकल अहिले पनि भएको बताएका हुन् ।

पण्डितले कतिपय सञ्चार माध्यमले आफू र सरकारलाई निचा देखाउन गर्दै नगरेको कामको बिरोध गर्दै समाचार लेख्ने गरेको आरोप लगाएका छन् ।

मन्त्री पण्डितले विषय नै नपाएका कतिपय सञ्चारमाध्यमले मन्त्रालयको पुरै खर्च जोडेर मन्त्रीले गरेको भन्दै सरकार र मन्त्रीलाई निचा देखाएर मनोरञ्जन लिने गरेको आरोप लगाएका हुन् ।

उनले यस्तो भ्रम सृजना गर्ने सञ्चार माध्यमको पछि नलाग्न आग्रह समेत गरेका छन् ।