२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीपी उद्यानको जग्गामा शहीद पार्क बनाउन लागेकोमा कांग्रेसको विरोध



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले वीरगञ्जमा वीपी उद्यानका लागि छुट्याइएको जग्गामा प्रदेश सरकारले शहीद स्मृति पार्क बनाउन लागेको भन्दै आपत्ति जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गामा माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शहीद स्मृति पार्क निर्माणको लागि शिलान्यास गरिसकेका थिए ।

माघ २४ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले वीरगञ्जमा वीपी उद्यान निर्माणका लागि १० विघा जग्गामा छुट्टाएको थियो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सरकारको शैली जुन प्रकारको देखियो, त्यो बदल्नुपर्छ, यसमा केन्द्रीय सरकारले गम्भीरता राखोस्, प्रदेश सरकार पनि गम्भीर बनोस् ।’

शर्माले २०६० साल कात्तिकमा तत्कालिन श्रम तथा यातायात मन्त्री डा. प्रकाशचन्द्र लोहनीले वीपी उद्यानको शिलान्यास गरिसकेको भन्दै अहिले अर्कै नाममा पार्क बनाउन खोज्नु आपत्तिजनक भएको बताए ।