२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको धोबीखोलामा बालिकाको शव भेटियो, जन्मने बित्तिकै फालेको आशंका



अ+ अ-

काठमाडौँ । काठमाडौँ स्थित अनामनगरको धोबीखोलामा बालिकाको शव भेटिएको छ ।

प्रहरीका अनुसार भखैरै जन्मिएको बालिकाको शव खोलाले बगाएर ल्याएको हो। उक्त नवजात बालिकाको शव खोलाले बगाएर ल्याएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले नवजात बालिकाको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाएको अनामनगर प्रहरीले जनाएको छ । इन्सपेक्टर शिवकुमार बुुढाथोकीका अनुसार बच्चा कस्को हो त्यसको अनुसन्धान भइरहेको बताएका छन् ।

प्रहरीका अनुसार बच्चा जन्मने बित्तिकै खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ ।