२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आइसक्यो : देवेन्द्र पौडेल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ ।

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपविरुद्ध प्रचण्डले ‘कडा’ विज्ञप्ति जारी गरेपछि नेकपा मात्र नभई सरकारको समेत अमेरिकासँगको सम्बन्धमा असर पुगेको चर्चा भइरहेका बेला प्रचण्ड र राजदूत बेरीबीच भेटवार्ता भएको हो । उनीहरुबीच शनिबार ‘वान टु वान’ भेटवार्ता भएको नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पुुष्टि गरे ।

नेता पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो समेत दिइसकेको खुलासा गरे ।

पछिल्लो समय भेनुजएला काण्डले नेपाल–अमेरिका सम्बन्ध चिसिएको र प्रचण्डलाई अमेरिकाले भिसा नदिएको चर्चा चलेको थियो ।