७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

राष्ट्रव्यापी अभियान ‘मिसन साहसी’ वीरगन्जमा पनि सम्पन्न

राष्ट्रव्यापी अभियान ‘मिसन साहसी’  वीरगन्जमा पनि सम्पन्न
अ+ अ-

वीरगन्ज । नारी आत्मरक्षा र आत्मविश्वासका लागी विशेष प्रशिक्षण कार्यक्रम वीरगन्जमा पनि सम्पन्न भएको छ ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वीरगन्ज नगर इकाई समितिले मिसन साहसी नाम दिईएको उक्त विशेष प्रशिक्षण कार्यक्रम माघ ६ गते देखि सुरु भएको थियो ।

नारी सुरक्षा र सम्मानका लागि राष्ट्रव्यापी अभियान मिसन साहसीका तालिम वीरगन्जका विभिन्न २५ भन्दा बढी विद्यालयहरुमा प्रशिक्षण प्रदान गरिएको थियोे ।

समापन समारोहमा कार्यक्रम संयोजक डा सुस्मा तिवारी वीरगन्ज महानगर उप प्रमुख शान्ति कार्की , शिक्षाविद डा दीपक शाक्य , विद्यार्थी परिषदका राष्ट्रिय सचिव छितराज न्यौपाने ,प्रदेश संगठन सचिव राधेश्याम सेन्चुरी, प्रहरी उपरीक्षक रेवती ढकाल ,समाजसेवी मधु राणा , सिद्धार्थका प्राचार्य राजेश पाण्डे , प्रदेश अध्यक्ष लक्ष्मी कर्ण , महानगर शिक्षा संयोजक अर्विन्द्र लाल कर्ण , नगर सचिव घनश्याम नायक र छात्रा प्रमुख नेहा कुशवाहको उपस्थिति रहेको थियो । प्रमुख अतिथि महानगर उप प्रमुख शान्ति कार्कीले नारीहरु लाई प्रेरणा प्रदान गर्नु भयो ।

डा दीपक शाक्यले विद्यार्थी परिषदको अभियान अत्यन्तै राम्रो रहेको र यसलाई नियमित गर्नु पर्ने र नारी हरुले अत्याचार सहन नहुने , प्रतिकार गर्नुपर्ने बताउनु भयो । प्रदेश अध्यक्ष लाक्ष्मी कर्णले मिसन साहसीको बारेमा जानकारी गराउनु भयो।

राष्ट्रिय सचिव छितराज न्यौपानेले विद्यार्थी परिषद व्यक्ति निर्माणको कारखानाको रुपमा स्थापित भैसकेको जानकारी गराउदै वर्तमान समयमा बढदै गइरहेको महिला हिंसा, बलात्कार हत्या,यौन–दुव्र्यवहार जस्ता घटनाहरु ,देशमा बढदो विकृति विसङगतिका कारण पनि महिलामाथि हिंसा हुने गरेको बताउदै यसलाई न्युनिकरण गर्न र सचेत रहनु पर्नेमा जोड दिनुभयो।

सचिव न्यौपानेले महिलाहरुलाई आफू माथि भएको हिंसा सहेर नबस्न र अरु माथि भएका अत्याचार र हिंसाको पनि खुलेर प्रतिरोध गर्न आग्रह गर्नु भयो ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशभर विभिन्न जिल्लामा स्थानीय निकायहरु एंव विभिन्न संघ संस्थाहरुसंग मिली रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ। समाजमा बढिरहेको लागु पदार्थको दुब्र्यसनी,महिला हिंसा न्युनिकरण गर्न ,युवालाई स्वरोजगार र स्वावलम्वन बनाउन सामाजिक कुरीति,विसंगती र अन्धविस्वास जस्ता विषयलाई हटाउनका लागी विद्यार्थी परिषदले विभिन्न प्रशिक्षण र जागरण अभियानको आयोजना गर्दै आइरहेको छ ।

देशभर बढिरहेको महिला हिंसा र दुब्र्यावहारलाई निश्तेज पार्दै नारी सम्मान ,सुरक्षा र आत्मसम्मानको वातावरण निर्माण गर्न मिसन साहासीको नामले प्रशिक्षणात्मक कार्यक्रम गर्न गईरहेको यस परिषद्ले प्रारम्भिक कार्यक्रम गैंडाकोटबाट सुरुवात गरेको थियो ।गैंडाकोट ,पोखरा ,भरतपुर र वीरगन्जमा यो सम्पन्न भइसकेको छ।

मिसन साहसीमा छात्राहरुलाई भयमुक्त बनाउँदै आफ्नो सुरक्षा आफैँ गर्न सक्ने गरी वैचारिक र शारीरिक क्षमता अभिवृद्धि गर्ने गरि प्रशिक्षण गराइने प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सचिव छितराज न्यौपानेले जानाकारी दिए ।

कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक डा सुस्मा तिवारीले सहयोगी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

मिसन सहासी : आत्मरक्षा र आत्मविश्वासका लागि एक संकल्प

प्रत्येक नारी आफैमा एक पूर्णता हुन् । उनमा सुन्दरता, दया, करुणा, शक्ति साहस, सामथ्र्य, सहनशीलता र सिर्जनाको शक्ति छ जसको माध्यमबाट उनी आफ्नो रक्षाका लागि आफैं सक्षम छिन्, तर वर्तमानमा दिनप्रतिदिन सुनिने नकारात्क घटना, व्यवहार र हिंसाको कारण नारीहरुको आत्मविश्वास कमजोरी बनेको हो कि भन्ने आभााष भइरहेको देखिन्छ ।

तसर्थ प्रत्येक नारीलाई साहसी बनाउन र आफूभित्रको त्यो साहसलाई आफ्नो रक्षाका लागि सदुपयोग गर्न सक्ने क्षमताको विकासका लागि यो मिसन साहसी कार्यक्रमको योजना देशभर गरिएको हो ।

जसको माध्यमबाट छात्राहरुलाई आफ्नो रक्षाका लागि आवश्यक पर्ने आत्मरक्षा सम्बन्धि केही व्यवहारिक सिपहरु सिकाउदै मुख्यतः उनीहरुमा आत्मविश्वासको वृद्धि र सक्षमता प्रदान गर्ने संकल्पका साथ यो विशेष कार्यक्रमको आयोजना गरिएको अभियान हो ।