• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

यी हुन् गरिब प्रदेशका धनी मन्त्री, आफ्नै निर्णय उल्लङ्घन गर्दै बुझे भत्ता



सुर्खेत । आफ्नो प्रदेशलाई गरिब प्रदेशको संज्ञा दिने कर्णाली प्रदेशका मन्त्री भने धनी बन्ने दाउमा छन् । कुनैपनि औपचारिक कार्यक्रममा जाँदा भत्ता नबुझ्ने निर्णय मन्त्री आफैंले उल्लङ्घन गरेका छन् ।

आइतबार वीरेन्द्रनगरमा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री खड्क खत्रीले एक गोष्टीमा सहभागी भएबापत एक हजार रूपैयाँ भत्ता बुझेका हुन् ।

त्यसो त खत्री मन्त्रीहरूद्वारा सार्वजनिक सम्पत्ति विवरण अनुसार कर्णाली प्रदेशका सबैभन्दा धनी मन्त्री समेत हुन् ।

कार्यक्रममा सहभागी प्रदेश सभाका सदस्यहरू, गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि, प्रदेशका कर्मचारी सबैले एक हजारका दरले भत्ता बुझेका थिए ।

प्रदेश मन्त्रिपरिषद्ले यसअघि नै कसैबाट भत्ता नलिने र लिन पनि नदिने निर्णय गरेको थियो ।