११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

एनसेल प्रकरण : थप तीन मुद्दा सर्वोच्चमा विचाराधीन

एनसेल प्रकरण : थप तीन मुद्दा सर्वोच्चमा विचाराधीन
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको लाभकर छली विवादमा मूल कम्पनी अजिएटा र ऐनसेललाई जिम्मेवार बनाएपछि राज्यको ढुकुटीमा ७३ अर्ब रुपैयाँभन्दा बढी राजस्व जम्मा हुने देखिएको छ ।

सर्वोच्चले मुख्य विवाद निरूपण गर्दै सो फैसला गरे पनि एनसेल लाभकरसम्बन्धी थप तीनवटा मुद्दा भने अझै विचाराधीन छन् । राजस्व विवादमा मुछिएका दुई कम्पनीविरुद्ध र एनसेल आफैंले हालेको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको हो । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र्र महतोको कम्पनी सिनर्जी नेपालले एनसेल लाभकर छलेपछि ठूला करदाता कार्यालयले सर्वोच्चमा दायर गरेको मुद्दा विचाराधीन छ ।

ठूला करदाताले संशोधित कर निर्धारण गरेपछि सिनर्जी कम्पनीले बजार मूल्यभन्दा कम देखाइ कर तिरेको थियो । तर, सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ४ असोज २०७४ मा अन्तरिम आदेश जारी गर्दै कर निर्धारण नगर्न भनेपछि २० अर्ब रुपैयाँ लाभकर गुमेको हो । उनले आफ्नो नामको सेयर निरजगोविन्द वैद्यलाई बिक्री गरेका थिए ।


यस्तै, एनसेल कम्पनीको २० प्र्रतिशत सेयरका मालिक वैद्यले सुनभेरा क्यापिटलका नाममा महालेखाले ब्याज र हर्जनासहित ६ अर्ब १५ करोड रुपैयाँभन्दा बढी बेरुजु देखाएपछि कर असुल रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरे । उनले ५ कात्तिक २०७४ मा दायर गरेको रिटमा सर्वोच्चका तत्कालीन न्यायाधीश ओमप्रकाश मिश्र र डम्बरबहादुर शाहीको संयुक्त इजलासले कर असुल नगर्न ठूला करदाता कार्यालयको नाममा अन्तरिम आदेश दिएको थियो ।

महालेखा परीक्षकको कार्यालयले देखाएको बेरुजु विवादमा एनसेलले सूचना तथा सञ्चार मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, महालेखा परीक्षक र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदै १४ कात्तिक २०७४ मा निवेदन दायर गरेको थियो । कुल १ करोड ५८ लाख ७३ हजार ४५० रुपैयाँ जम्मा गर्दा पनि महालेखा परीक्षकको कार्यालयले आफूलाई बेरुजुको सूचीमा राखेको भन्दै एनसेलले सो कार्य गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो ।
सो रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । एनसेलले उठाएको विषय मुद्दाको किनारा नलागेसम्म सम्बोधन नहुने भन्दै हाललाई अन्तरिम आदेश गर्न अस्वीकार गरेको हो ।

एनसेलले विदेशी विनियम कारोबारमा समस्या भएको भन्दै अन्तरिम आदेश नहुँदा अपूरणीय क्षति हुने दाबी गरेको थियो । तर, सर्वोच्चले यस्तो अवस्था नरहेको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । हाल सो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
एनसेलले ११ साउन २०७५ मा आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ को रोयल्टी, फ्रिक्वेन्सी दस्तुर र थप केही रकम सूचना तथा सञ्चार मन्त्रालयमा धरौटी राखेको थियोे । एनसेलले २०७२र७३ को रोयल्टी शीर्षकमा ५ लाख ६१ हजार १९४, फ्रिक्वेन्सी दस्तुरबापत ६१ लाख ७१ हजार १०१, आर्थिक वर्ष २०७३र७४ मा न्यूनतम फ्रिक्वेन्सी र थप दस्तुर शीर्षकमा ९१ लाख ४१ हजार १५५ रुपैयाँ बुझाएको थियो । राजधानिबाट