२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियम मिच्दै बनाईएका कामु न यता न उता



अ+ अ-

काठमाडौं । समाज कल्याण परिषद्मा रिक्त रहेको निर्देशक पदपूर्तिका लागि कायम मुकायम तोकेकाहरु दुई वर्ष बित्दा समेत सोही हैसियतमा काम गर्न बाध्य पारिएको छ । परिषद्का ४ जना कामु निर्देशकलाई कानुनी प्रावधान मिच्दै पुरानै जिम्मेवारी तोकिएको छ ।

नियमानुसार, कामु तोकिएको दिनदेखि ६ महिनासम्म मात्रै कामु दिने व्यवस्था भए पनि सो व्यवस्थाको सरासर उल्लंघन गरिएको छ । उपनिर्देशकहरु हरि तिवारी, प्रल्लाद पन्त, भगवती संग्रौला र शिव बस्नेत साढे २ वर्षदेखि कामु निर्देशकको जिम्मेवारीमा रहनुभएको छ ।

कामु निर्देशक हरि तिवारीले नियमानुसार नै चार उपनिर्देशकलाई कामु दिएको दाबी गर्नुभयो । चार उपनिर्देशकको कामुमा बढुवा नियमअनुसार नै भएको हो । परिषद् एक स्वायत्त संस्था भएकाले निजामतीभन्दा भिन्न नियमले चल्ने गरेको उहाँले दाबी गर्नुभयो ।

उहाँका अनुसार परिषद्मा लामो समयसम्म पदपूर्ति र बढुवा नभएकोमा समाज कल्याण परिषद् कर्मचारी सेवा सर्त नियमावली, २०५० ले जेष्ठताको आधारमा कामु नियुक्त गरेको हो ।

स्रोतका अनुसार शाखा अधिकृत सरहको सहायक निर्देशकहरु हरि तिवारी, प्रल्लाद पन्त, भगवती संग्रौला, शिव बस्नेत, दुर्गा भट्टराई, रामराज भट्टराई, दीपेन्द्र पन्त र सञ्जय मल्लिक गरी ८ जनालाई उपसचिव सरहको उपनिर्देशकमा बढुवा गरेको थियो । २०६९ सालमा बोर्डले ४४ जनालाई २४ घ लगाएर बढुवा गर्दै विभिन्न रिक्त रहेको पदमा पूर्ति गरेको थियो ।

बोर्डले त्यस बेला एक तहमाथिको सेवा सुविधा दिने तर साविककै पदमा रही साविककै तोकिएको काम गर्ने गरी बढुवा गर्ने निर्णय गरेको थियो । त्यसपछि बोर्डले दुई वर्षपछि बढुवा भएकै पदमा काम गर्न दिने निर्णय गरेको थियो ।
त्यसको केही महिनामै परिषद्कै जेष्ठता निर्धारण समितिको सिफारिसमा बोर्डले ४ जना उपनिर्देशकहरु हरि तिवारी, प्रल्लाद पन्त, भगवती संग्रौला र शिव बस्नेतलाई कामु निर्देशक बनाएको थियो । समाचार नेपाल समाचारपत्रमा छ ।




भर्खरै