• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल

यी हुन् शोरुम उद्घाटन गर्न हेलिकप्टर चार्टर गर्ने मुख्यमन्त्री



ओखलढुंगा । दुई तिहाईको कम्युनिष्ट सरकारको चर्तिकला देखेर वाकदिक्क भइरहेको बेला प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अच्चमको चर्तिकला देखाएका छन् ।

मुख्यमन्त्री राई महिन्द्रा कम्पनीको शोरुम उद्घाटनका लागी हेलिकप्टर चार्टर गरेर ओखलढुंगा पुगेका हुन् । सिद्धिचरण नगरपालिका वडा नम्बर ५ वर्णालुमा रुम्जाटार अटोमोबाइल्स प्रालिले सञ्चालन ल्याएको शोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार आएका हुन् ।

प्रदेश सभाका सांसद अम्बीरबाबु गुरुङसहित पत्तालेमा हेलिकप्टर राखेर हिमपात भएको क्षेत्र र महालंगुर हिमशृंखलाको अवलोकन गर्दै रुम्जाटार आएका थिए ।

रुम्जाटार विमानस्थलमा समिट हेलिकप्टरबाट दिउँसो रुम्जाटार साढे १२ बजे आएर शोरुम उद्घाटनपछि साढे ४ बजे काठमाडौं लागेका थिए ।

रुम्जाटार अटोमोबाइल्स कम्पनीमा प्रदेश सभाका सांसद गुरुङको मुख्य लगानी रहेको बताइन्छ । गुरुङकै पहलमा मुख्यमन्त्री राई कम्पनीको शोरुम उद्घाटन गर्न आएका हुन् । तर नेकपाका कार्यकर्ता भने उनको भ्रमणमाथि प्रश्न उठाउँदै आएका छन् । सदरमुकाममै आउँदा उनी नेकपाको कार्यालय नपुगी दिनभरि बसेर फर्किएपछि कार्यकर्ता चिढिएका हुन् ।