७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख महरा र उत्तर कोरियाका राजदूतबीच शिष्टाचार भेटवार्ता, महराले गरे किम जोङ उनको तारिफ



अ+ अ-

काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित उत्तर कोरिया का नवनियुक्त राजदूत जो योङ मनले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा सभामुख महराले मनको कार्यकालमा नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरेका छन् ।

महराले उक्त भेटमा कोरियाका किम जोङ उनको तारिफ समेत गर्न भ्याएका छन् । उनले भने , ‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँका सर्वोच्च कमाण्डर किम जोङ उनको कुशल पहलकदमीबाट विश्व शान्तिका लागि गरिएको प्रयास निकै सह्रानीय छ,। ’

सभामुखसँगको भेटमा नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ठ बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताए ।