२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख महरा र उत्तर कोरियाका राजदूतबीच शिष्टाचार भेटवार्ता, महराले गरे किम जोङ उनको तारिफ



अ+ अ-

काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित उत्तर कोरिया का नवनियुक्त राजदूत जो योङ मनले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा सभामुख महराले मनको कार्यकालमा नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरेका छन् ।

महराले उक्त भेटमा कोरियाका किम जोङ उनको तारिफ समेत गर्न भ्याएका छन् । उनले भने , ‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँका सर्वोच्च कमाण्डर किम जोङ उनको कुशल पहलकदमीबाट विश्व शान्तिका लागि गरिएको प्रयास निकै सह्रानीय छ,। ’

सभामुखसँगको भेटमा नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ठ बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताए ।