७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सन्दकपर पदमार्गमा सवारी ठप्प

सन्दकपर पदमार्गमा सवारी ठप्प
अ+ अ-

पशुपतिनगर । प्रदेश नं १को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण यातायात ठप्प भएको छ । सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको हो ।

वर्षापछि बाक्लो हिमपात भएकाले इलामको नेपाल–भारत सीमाक्षेत्र मानेभञ्ज्याङदेखि पाँचथरको फालुटसम्मको ४२ किलोमिटर क्षेत्रमा अहिले यातायातका साधन चल्न सकेका छैनन् ।

वर्षात्सँगै भएको हिमपातले माथिल्लो क्षेत्रमा चार फिटसम्म हिमपात भएकाले शनिबारदेखि यातायातका साधन चल्न नसकेको सिंहलीला ल्याण्डरोभर एशोसिएसनका अध्यक्ष पासाङ शेर्पाले बताउनुभयो । पर्यटकीय क्षेत्रको पदमार्ग शुरु हुने मानेभञ्ज्याङस्थित लामीधुरादेखि तीन हजार ६३६ मिटर उचाइको सन्दकपुरसम्म शनिबार बाक्लो हिमपात भएको थियो ।

सन्दकपुर क्षेत्रमा पर्यटकको सुविधाका लागि चल्दै आएका गाडीहरू हिमपातका कारण सूर्योदय नगरपालिका–१ स्थित लामीधुरामै बसेका छन् । माईजोगमाई गाउँपालिकास्थित कृषि अनुसन्धान परिषद्को अनुसन्धान केन्द्र रहेको जौबारीसम्मको सडकमा रहेको हिउँ सोमबार बेलुकीसम्ममा पग्लिसक्ने भए पनि सन्दकपुरमा अझै सात दिनसम्म गाडी नचल्ने यातायात व्यवसायीले जनाएका छन् ।

जौबारीदेखि सन्दकपुर सडकखण्डमा चार फिटसम्म हिमपात भएकाले त्यो नपग्लिएसम्म गाडी सञ्चालन हुननसक्ने ल्याण्डरोभर एशोसिएसनका अध्यक्ष पासाङ शेर्पाले बताउनुभयो । पहाडी क्षेत्र बाटो उकालोओरालो भएको र गाडी चिप्लिएर दुर्घटना हुने भएकाले पूरै हिउँ नपग्लिएसम्म गाडी नचल्ने व्यवसायीको भनाइ छ ।