७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको बैठक ११ मिनेटमा नै स्थगित, विद्यार्थी पक्राउ गरिएकोप्रति काँग्रेसको विरोध



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको बैठक ११ मिनेटमा नै स्थगित गरिएको छ ।

सोमबार बसेको बैठकले विभिन्न विधेयकहरु सम्बन्धी प्रस्तावहरु पारित गर्दै बैठक मंगलबार फेरि बस्नेगरी स्थगित भएको हो ।

बैठक सुरु भएपछि राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट पारित भएको वेपत्ता पारिएका व्यक्ति, सत्यनिरुपण तथा मेलमिलाप आयोगको विधेयकको पारित सम्बन्धी सूचना राष्ट्रिय सभामा पेश गरेका थिए ।

फुयाँलले बोलि सकेपछि काँग्रेस सांसद विन्दा आलेको बोल्ने पालो आएको थियो ।

आलेले नेपाल विद्यार्थी संघका कास्की शाखाका विद्यार्थी नेताहरुलाई पक्राउ गरिएको विषयमा सभा मार्फत सरकारको ध्यानाकर्षण गराएकी थिईन् । उनले ती नेताहरुले जलाउँदै नजलाएको गाडी समेत जलाएको भनी झुठा मुद्दामा अझै थुनामा राखेको भन्दै सरकारको विरोध समेत गरेकी थिईन् ।

त्यसपछि सभामा गृहमन्त्री रामबहादुर थापाले ज्येष्ठनागरिक सम्बन्धी पहिलो संशोधन विधेयक २०७५ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन मितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

त्यसपछि अर्थमन्त्री खतिवडाल नै नागरिक लगानी कोष सम्बन्धी विधेयकको दोस्रो संशोधनलाई विधायन समितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव समेत सर्वसम्मतीले पारित भएपछि विज्ञापन नियमन गर्नै विधेयकलाई समेत विधायन समितिमा पठाउने निर्णय गर्दै सभाको बैठक मंगलबार विहान ११ बजेसम्मकोलागि स्थगित गरिएको छ ।