२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित दुई युवक पक्राउ



अ+ अ-

गौशाला । महोत्तरी प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२३ बस्ने १६ वर्षीय सुनिलकुमार यादव र १६ वर्षीय रामजनम ठाकुर रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।

गए राति जलेश्वर नगरपालिका–७ स्थित जिरोमाइलमा केही मानिस हो हल्ला गरिरहेको खबर पाएर जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएका प्रहरी टोलीले ती दुई युवकलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनीहरूको साथबाट लागुऔषध बरामद भएको थियो ।

प्रहरीले ती दुवै युवकको साथबाट १५ ग्राम लागुऔषध गाँजा र नाइटोभेट नामक लागुऔषध ट्याब्लेट थान ३७ बरामद गरेको थियो । लागुऔषधसहित पक्राउ परेका दुवैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।