१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरिया–अमेरिका शिखर वार्ताप्रति दक्षिण कोरियाली आशावादी



अ+ अ-

सियोल । दशमध्ये छ जना दक्षिण कोरियालीले उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भियतनाममा हुने शिखर वार्ताबाट महत्वपूर्ण परिणाम निस्कने आशा व्यक्त गरेका छन् । दुबै मुलुकका राष्ट्राध्यक्षबीच फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा वार्ता हुँदैछ ।

दक्षिण कोरियामा गरिएको एक संक्षिप्त जनमत सर्वेक्षणमा सहभागीमध्ये ६२ दशमलब ५ प्रतिशतले उत्तर कोरियाली आणविक समस्या समाधान हुने अपेक्षा गरेका छन् ।

रियलमिटर संस्थाले गरेको उक्त सर्वेक्षणमा सहभागीमध्ये ३५ प्रतिशतले उत्तर कोरियाको आणविक समस्या सुल्झने कुरामा विश्वास नरहेको बताएका छन् । उनीहरुले यो वार्ताले उत्तर कोरिया र अमेरिकाबीचको पारस्परिक सम्बन्धलाई अझ कमजोर बनाउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकी प्रशारण संस्था सिबीएसका निम्ति गरिएको उक्त सर्वेक्षणमा दक्षिण कोरियाका ५०१ जना वयस्क व्यक्तिलाई प्रश्न सोधिएको थियो । रियलमिटरले सर्वेक्षणलाई जतिसक्दो भरपर्दो बनाउने प्रयास गरिएको जनाएको छ ।

दक्षिणपन्थी लिबर्टी कोरिया पार्टीका समर्थकहरुले भने वार्ताबाट खासै प्रगति नहुने बताएका छन् ।