७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरिया–अमेरिका शिखर वार्ताप्रति दक्षिण कोरियाली आशावादी



अ+ अ-

सियोल । दशमध्ये छ जना दक्षिण कोरियालीले उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भियतनाममा हुने शिखर वार्ताबाट महत्वपूर्ण परिणाम निस्कने आशा व्यक्त गरेका छन् । दुबै मुलुकका राष्ट्राध्यक्षबीच फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा वार्ता हुँदैछ ।

दक्षिण कोरियामा गरिएको एक संक्षिप्त जनमत सर्वेक्षणमा सहभागीमध्ये ६२ दशमलब ५ प्रतिशतले उत्तर कोरियाली आणविक समस्या समाधान हुने अपेक्षा गरेका छन् ।

रियलमिटर संस्थाले गरेको उक्त सर्वेक्षणमा सहभागीमध्ये ३५ प्रतिशतले उत्तर कोरियाको आणविक समस्या सुल्झने कुरामा विश्वास नरहेको बताएका छन् । उनीहरुले यो वार्ताले उत्तर कोरिया र अमेरिकाबीचको पारस्परिक सम्बन्धलाई अझ कमजोर बनाउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकी प्रशारण संस्था सिबीएसका निम्ति गरिएको उक्त सर्वेक्षणमा दक्षिण कोरियाका ५०१ जना वयस्क व्यक्तिलाई प्रश्न सोधिएको थियो । रियलमिटरले सर्वेक्षणलाई जतिसक्दो भरपर्दो बनाउने प्रयास गरिएको जनाएको छ ।

दक्षिणपन्थी लिबर्टी कोरिया पार्टीका समर्थकहरुले भने वार्ताबाट खासै प्रगति नहुने बताएका छन् ।