१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेन्टागनका कार्यबाहक प्रमुख काबुलमा



अ+ अ-

काबुल । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहान अचानक अफगानिस्तान पुग्नु भएको छ ।

संयुक्तराज्य अमेरिकाले अफगान सरकार र युद्धरत तालिबान लडाकूसँग शान्ति वार्ताको प्रयास जारी राखेको अवस्थामा शनाहानको यो आकस्मिक भ्रमण भएको हो ।

शनाहानले आफगानिस्तानका राष्ट्रपति अस्रफ घानीसँग भेटवार्ता गर्नुहुनेछ । त्यस वार्ताको मुख्य एजेन्डा गत महिना अमेरिका र तालिबान लडाकूबीच भएको वार्ता हुने बताइएको छ ।

अफगानिस्तानमा १७ वर्षयता अफगान सरकार र तालिबान लडाकूबीच जारी द्वन्द्व समाधानको लागि अमेरिकाले मध्यस्थताको कार्य गर्दै आएको छ ।

तालिबान लडाकू समूहले काबुल प्रशासनलाई अमेरिकी “कठ्पुतली” भनी आरोप लगाउने गरेको छ । तर पनि अफगान राष्ट्रपति घानीका समर्थकहरु तथा मित्रराष्ट्रहरुले तालिबानसँगको शान्ति प्रक्रियामा अफगानीहरुको मुख्य भूमिका हुनुपर्ने बताएका छन् ।

तालिबान लडाकू समूहले अफगान राजनीतिज्ञको उच्चस्तरीय प्रतिनिधिमण्डललाई गत हप्ता मस्कोमा भेटवार्ता गरेको थियो । सो भेटवार्तामा देशको भविष्य र शान्तिको लागि सम्भावित मार्गको विषयमा छलफल भएको थियो ।

केही समय अघिदेखि नै अफगानिस्तानमा शान्ति वार्ताका लागि प्रयासहरु भएका छन् । ती प्रयासहरु आजसम्म साकार हुन नसकिरहेको भए पनि अमेरिकाले भने अफगान राष्ट्रपति घानीले नै शान्ति प्रक्रियाको नेतृत्व गर्नुपर्ने बताउँदै आएको छ ।

यस पटकको पेन्टागनका कार्यबाहकको काबुल यात्राका क्रममा पनि यस विषयले चर्चा पाउने अनुमान गरिएको छ ।