७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिए



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् ।

अध्यक्ष महरले सोमबार पार्टी कार्यलय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष शेरबहादुर देउवा सामू आफ्नो राजीनामा पत्र पढेर सुनाएका हुन् ।

नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।

नेविसंघको महाधिबेशन विवाद चुलिएपछि अध्यक्ष महर राजीनामा दिएका हुन् । महरले पार्टी पंक्ति नै आफ्नो राजीनामा हुनु पर्ने पक्षमा रहेकाले राजीनामा दिन बाध्य भएको बताए पनि सभापति निकट तथा गृह जिल्ला डडेल्धुराका महरलाई जोगाउन सकेनन् ।

हेर्नुहोस राजीनामापत्र