७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

घरेलु मदिरा नियन्त्रण अभियानले जातीय परम्परामाथि प्रहार भएको भन्दै ज्ञापनपत्र बुझाए

घरेलु मदिरा नियन्त्रण अभियानले जातीय परम्परामाथि प्रहार भएको भन्दै ज्ञापनपत्र बुझाए
अ+ अ-

भद्रपुर । वैकल्पिक रोजगारको व्यवस्था नगरी स्वरोजगारका रूपमा रहेको घरेलु मदिरा उद्योगमाथि नियन्त्रण अभियान चलाएको झापा प्रशासन बिरूद्ध हल्दिावारीका आदिवासी जनजाति समुदायले ज्ञापनपत्र बुझाएका छन् ।

घरेलु मदिरा नियन्त्रण अभियानले जातीय संस्कृति तथा परम्परामाथि प्रहार भएको, निम्न वर्गका नागरिकले रोजीरोटी गुमाउने अवस्था आएको भन्दै अभियान रोक्न माग राखी घरेलु मदिरा व्यवस्थापन संघर्ष समितिका अध्यक्ष झमवीर नेम्बाङ्गको नेतृत्वमा आएको टोलीले जिल्ला प्रशासन, आन्तरिक राजश्व कार्यालय र जिल्ला समन्वय समिति झापामा ज्ञापनपत्र बुझाएको हो ।

हल्दिवारी गाउँपालिका क्षेत्रमा घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा संलग्न ६ सय बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।मेचे, राई, लिम्बू, मगर, तामाङ, गुरुङ लगायतका समुदायले जन्मदेखि मृत्युसम्म आवश्यक घरेलु मदिरा निम्न वर्गका लागि रोजगारी समेत भएकोले विदेशी रक्सी स्थापित गर्न प्रशासनले चलखेल गरेको आरोप लगाउँदै संघीय लोकतान्त्रिक राज्य व्यवस्थामा नागरिकको पहिचान र परम्रामाथि अतिक्रमण नगर्न चेतावनी समेत दिइएको छ ।

जनताको गाँस, बास र कपाससित राज्य व्यवस्था टाढिँदै जानु विडम्बना भएको ठहर गर्दै हल्दिवारी गाउँपालिका क्षेत्रका ६ सय बढी घरेलु मदिरा उत्पादक व्यवसायी महिलाहरूले प्रतिबन्धको बाटो रोज्नु अगाडि रोजगारको विकलप दिन नसकेकोमा झापा प्रशासनप्रति आपत्ति समेत उठाएका छन् ।

जातीय संस्कृतिको संरक्षण हुनु पर्ने, न्युन वर्गीय परिवारको गाँसको जोहो तथा बाल बच्चा पाल्ने आधारको विकल्प दिनु पर्ने, विदेशी रक्सी प्रतिबन्ध हुनु पर्ने लगायत माग सहित बुझाइएको ज्ञापन पत्रको सुनुवाइ नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

स्थानीय जनजाति तथा आदिवासी समिुदायका अधिकाम्स परिवार पाल्ने आधारका रूपमा रहेको घरेलु मदिरा विक्री वितरणमा प्रहरी प्रशासनले अवरोध गरेपछि बाल बच्चा पढाउन, बिहान बेलुका छाक टार्न समस्या भएको अभियानकी सदस्य सचिव इब्वरा मगरले जानकारी दिइन् ।

स्थानीय मदिरा व्यवसाय सञ्चालनको वातावरण निर्माण गर्न स्थानीय सरकारदेखि प्रदेश, संघसम्म संघर्ष गर्ने गरी स्थानीय अगुवा झमवीर नेङमाङको नेतृत्वमा २१ सदस्यीय संघर्ष समिति निर्माण गरी स्थानीय आन्दोलनमा उत्रेका हुन् । राज्यले कर लिएर घरेलु उद्योगका रूपमा मदिरा व्यवसाय गर्न पाउनु पर्ने उनीहरूको माग छ ।

सो माग पूरा गर्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारसित अनुरोध समेत गरेका छन् । उनीहरूले मदिरा नियन्त्रण गर्ने हो भने पहिले विदेशी मदिरा नियन्त्रित हुनु पर्ने पहिलो शर्त राखेका छन् । यदि विदेशी मदिरा नियन्त्रित नहुने हो भने घरेलु मदिरा मात्र नियन्त्रण गर्ने काम रोक्न झापा प्रशासनसित आग्रह गरेका छन् । राज्यले करको दयरामा ल्याए सवै व्यवसायी आउन तयार रहेको भन्दै उनीहरूले स्वदेशमैे स्वरोजगार बन्ने आधार भत्काउन प्रशासन लागेको आरोप समेत लगाएका छन् ।

यता यस विषयमा झापा प्रशासन भने कार्तिक ७ गते झापाको सुरूङ्गामा सम्पन्न स्थानीय तहको सम्युक्त निर्णयले दिएको अधिकार अनुसार घरेलु मदिरा निषेध गरिएको प्रतिकृया दिने गरेको छ ।

एक दिने खाद्य गुणस्तर सम्बन्धी प्रशिक्षण कार्याक्रम सम्पन्न

भद्रपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजनामा एक दिने खाद्य गुणस्तर सम्बन्धी प्रशिक्षण कार्याक्रम चन्द्रगढीमा सम्पन्न गरिएको छ ।

भद्रपुर १० नम्वर वडा कार्यालयको समन्वयमा वडा स्तरीय समिति निर्माण तथा खाद्य सचेतीकरण प्रशिक्षण सम्पन्न गरिएको हो ।

डिभिजनका प्रमुख भरतबहादुर पुरीको अध्यक्ष्याता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेल, भद्रपुर १० का अध्यक्ष टेकबहादुर खड्का काजी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सावित्रा दाहालले सञ्चालन गरेको कार्यक्रममा डिभिजन प्रमुख गिरी, पशुपन्छी विकास कार्यलयका प्रमुख डा. पशुपति ढुंगानाले खाद्य प्रविधि सम्बन्धी प्रशिक्षण दिएका थिए ।