१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभिन्यूज टेलिभिजनको दादागिरी, लुटपाट गरे झै गरि पत्रिकामा सुचना निकाल्यो



अ+ अ-

काठमाडौं । एभिन्यूज टेलिभिजनले आफूहरुको चरित्र हत्या गरेको भन्दै तीन जना पत्रकारले नेपाल पत्रकार महासंघमा उजुरी दिएका छन् ।

टेलिभिनबाट राजीनामा नै नदिई सरसामान बरबुझारथ गर्न व्यवस्थापनले एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै पत्रकार बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्यालले महासंघमा उजुरी दिएका हुन् ।

महासंघले सो सूचनाप्रति क्षमा याचना गरी श्रमजीवी पत्रकारहरुको स्वाभिमानको सम्मान गर्न टेलिभिजन व्यवस्थापनसँग माग गरेको छ ।

अन्यथा महासंघले श्रमजीवीको पक्षमा कदम चाल्न बाध्य चेतावनी दिएको छ।