११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

सरकारले ल्यायो यस्तो लाग्दो काननु !

सरकारले ल्यायो यस्तो लाग्दो काननु !
अ अ+ अ-

काठमाडौं । तपाईंका काम वा आनिबानीले अरूलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको त छैन ? अथवा तपाईंका गतिविधिले यस्तो काममा कसैलाई दुरुत्साहन (कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्नु वा उक्साउनु) पो गरेको छ कि ? त्यसो हो भने, सचेत हुनुहोस् है। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

किनकि, भदौदेखि लागू भएको फौजदारी अपराध संहितालाई टेकेर प्रहरीले राजधानीमा आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा तीन जनालाई कर्तव्य ज्यान मुद्दा चलाएको छ। यसअघि आत्महत्याका घटनामा प्रहरीले शव पोस्टमार्टम गरी सम्बन्धित व्यक्तिका परिवारलाई बुझाउँदै आएको थियो। कमै मात्र घटना शंकास्पद रूपमा हेरेर अनुसन्धान गर्ने प्रहरीले अहिले भने आत्महत्या गर्ने व्यक्तिको परिवारबाट उजुरी आए विस्तृत छानबिन गर्न थालेको छ।

आन्तरिक कलह र त्यसबाट उत्पन्न आवेश आत्महत्याको कारण भएको पछिल्ला प्रहरी अनुसन्धानहरूले देखाएका छन्। पुसमा सम्झना भनिने रोशनी तामाङ काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित एक गेस्ट हाउसमा सलले पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिइन्। रोशनीका परिवारले प्रहरीमा उजुरी दिए।

प्रहरीले अनन्त मगर भनिने धनबहादुर स्माइली मगरलाई पक्राउ ग‍र्‍यो। फौजदारी अपराध संहिताको दफा १८५ अनुसार प्रहरीले अनुसन्धान थाल्यो। रोशनीले आत्महत्या गर्नुको पछाडि उनलाई घर जान नदिनु कारण रहेको अनुसन्धानमा खुल्यो। अपराध संहिताको दफा १८५ (आत्महत्या गर्न दुरुत्साहन दिन नहुने) को उपदफा १ मा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन नहुने’ प्रावधान छ। उपदफा २ मा ‘उपदफा १ बमोजिमको कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने’ प्रावधान छ।

धनबहादुर र रोसनी रिलेसनसिपमा थिए। घर जान नदिएको निहुँमा रोशनीले आत्महत्या गरेको अनुसन्धानबाट खुल्यो। प्रहरीले पछि कर्तव्य ज्यान मुद्दा चलायो। मगर अहिले जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षमा छन्।

असोज १३ गते कपनमा २६ वर्षीया प्रकृति राईले आत्महत्या गरिन्। विवाह भएको पाँच वर्षमै राईले आत्महत्या गरेपछि उनको परिवारले ज्वाइँ प्रकाश खत्रीविरुद्ध फौजदारी अपराध संहितालाई नै टेकेर प्रहरीमा उजुरी दिए।

प्रहरीको छानविनबाट विवाह भएको पाँच वर्ष बितिसक्दा पनि बच्चा नभएपछि खत्रीले राईलाई कुटपिट मात्रै गरेनन्, बरु कान्छी श्रीमती ल्याएको रहस्य खुल्यो। प्रहरीले अनुसन्धान गर्दै जाँदा पुरानो रितपूर्वकको जाहेरीलाई कर्तव्य ज्यान मुद्दामा छानबिन अघि बढायो।

जिल्ला अदालत काठमाडौंमा मुद्दा बुझाउँदा अदालतले खत्रीविरुद्ध ५० हजार धरौटी तोक्यो। खत्री धरौटीमा छुटे पनि मुद्दा अदालतमा विचाराधीन छ। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होवीन्द्र बोगटीले नयाँ फौजदारी अपराध संहिता लागू भएपछि आत्महत्याका घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको बताए। ‘आत्महत्याको घटना पनि पीडित परिवारले कर्तव्य ज्यान मुद्दामै जाहेरी ल्याउँछन्। तर अनुसन्धान त्यति सजिलो छैन’, उनले भने, ‘अहिले फौजदारी संहिता आएपछि अलि सजिलो भएको छ।’

बोगटीका अनुसार काठमाडौंमा आत्महत्याको घटनालाई लिएर अनुसन्धान गर्दा पीडक पक्ष खुलेर कारबाहीमा परेको यो पहिलो घटना हो।