२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् औषधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू



अ+ अ-

काठमाडौं । सामान्य बिरामी हुँदासमेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा खोकीलगायत कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छ । डाक्टरको सल्लाहबिना खाइएका औषधिले साइडइफेक्टसमेत गर्ने भएकाले सचेत हुन आवश्यक छ । त्यसका लागि यी सावधानी अपनाऔँ :

सधै डाक्टरले लेखेको औषधि मात्र प्रयोग गरौँ । त्यो सही मात्रा र समयमा खाने गरौँ, कतिपय औषधि उस्तै उस्तै त हो नि भनेर खाने चलन छ त्यसो नगरौँ, जसले स्वास्थ्यमा नकारात्मक असर गराउँछ ।

खोकी लाग्नु, टाउको दुख्नु आदि कैयौँ रोगका लक्षण हुने भएकाले रोग पत्ता लगाएर मात्र औषधि सेवन गर्ने गरौँ, अन्यथा स्वास्थ्यका लागि घातक हुन सक्छ । पेनकिलरको अनावश्यक प्रयोग गर्नु हुँदैन । यसका कारण रक्तश्राव, अल्सर, पेट सुन्निने जस्ता समस्या हुन सक्छ

निश्चित रोगका लागि लिएको औषधि घटी बढी भएमा नकारात्मक असर गर्न सक्छ । त्यसैले आवश्यक मात्रामा मात्र औषधि लिऔँ । नयाँ पत्रिकाबाट लिएको हो ।