१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटको सिसडोलको फोहोर काठमाडौँमा



अ+ अ-

काठमाडौं । नुवाकोटको सिसडोल ल्यान्डफिल्ड साइटमा फालिने फोहोर काठमाडौंमै फर्किने गरेको छ । प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यले दैनिक करिब ५ ट्रक फोहोर पुनः उपत्यकामा भित्रिने गरेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

नसड्ने, नकुहिने प्रकृतिका ठोस फोहोर छनोट गरी विभिन्न समूहले काठमाडौं भित्र्याउने गरेका छन् । पत्रपत्रिका, कार्टुन, कपडा, प्लास्टिक र प्लास्टिकजन्य सामग्री, फलामका टुक्रा, विद्युतीय सामग्री र त्यस्ता उपकरणमा प्रयोग हुने कभरलगायतका ठोस फोहोर दैनिकजसो एजेन्टमार्फत काठमाडौं भित्रिने गरेको सिसडोल साइडका इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो ।

स्रोतमै कुहिने र नकुहिने फोहोर राम्रोसँग नछुट्याइँदा पुनः प्रयोगमा ल्याउन मिल्ने फोहोर नुवाकोट पुगेर फेरि काठमाडौं भित्रिने गरेको उहाँले बताउनुभयो ।

‘६० प्रतिशत मात्रै कुहिने फोहोर सिसडोल पुग्छ, स्रोतमै ठोस फोहोर व्यवस्थित गर्न नसक्दा सिसडोल ल्यान्डफिल्ड साइड अस्तव्यस्त भएको छ।’– श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो । दैनिक करिब २ सय व्यक्ति यस्तो फोहोर संकलन गरी आयस्रोत जुटाउने गरेका उहाँले बताउनुभयो ।