२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटको सिसडोलको फोहोर काठमाडौँमा



अ+ अ-

काठमाडौं । नुवाकोटको सिसडोल ल्यान्डफिल्ड साइटमा फालिने फोहोर काठमाडौंमै फर्किने गरेको छ । प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यले दैनिक करिब ५ ट्रक फोहोर पुनः उपत्यकामा भित्रिने गरेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

नसड्ने, नकुहिने प्रकृतिका ठोस फोहोर छनोट गरी विभिन्न समूहले काठमाडौं भित्र्याउने गरेका छन् । पत्रपत्रिका, कार्टुन, कपडा, प्लास्टिक र प्लास्टिकजन्य सामग्री, फलामका टुक्रा, विद्युतीय सामग्री र त्यस्ता उपकरणमा प्रयोग हुने कभरलगायतका ठोस फोहोर दैनिकजसो एजेन्टमार्फत काठमाडौं भित्रिने गरेको सिसडोल साइडका इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो ।

स्रोतमै कुहिने र नकुहिने फोहोर राम्रोसँग नछुट्याइँदा पुनः प्रयोगमा ल्याउन मिल्ने फोहोर नुवाकोट पुगेर फेरि काठमाडौं भित्रिने गरेको उहाँले बताउनुभयो ।

‘६० प्रतिशत मात्रै कुहिने फोहोर सिसडोल पुग्छ, स्रोतमै ठोस फोहोर व्यवस्थित गर्न नसक्दा सिसडोल ल्यान्डफिल्ड साइड अस्तव्यस्त भएको छ।’– श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो । दैनिक करिब २ सय व्यक्ति यस्तो फोहोर संकलन गरी आयस्रोत जुटाउने गरेका उहाँले बताउनुभयो ।