१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक डाक्टरको भागमा १२ सय बिरामी



अ+ अ-

काठमाडौ‌ं । एक डाक्टरको भरमा एक हजार २ सय नागरिककले उपचार सेवा लिनुपर्ने बाध्यता भएको छ। दूरदराजका गाउँमा त अझै डाक्टर उपलब्ध हुँनै मुस्किल छ।

उपलब्ध भएका ठाउँमा पनि बिरामीले डाक्टरको उपचार पाउन निकै कठिन हुने गरेको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार देशभर २३ हजार ७७१ डाक्टर छन्। जसअन्तर्गत २१ हजार ३३ मेडिकल डाक्टर, २ हजार ७१८ डेन्टल डाक्टर छन्।

पुरुष डाक्टरको सख्या १४ हजार १२६ र महिला डाक्टरको संख्या ६ हजार ९०७ छ। केन्दीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसरा नेपालको कुल जनसंख्या ३ करोड बढी छ। यसरी हेर्दा एउटा डाक्टरको भरमा १ हजार २ सय नागरिक पर्छन्। बिरामीको अनुपातमा डाक्टरको खंख्या न्यून हुँदा बिरामीहरुलाई उपचार सेवामा समस्या हुने गरेको खबर राजधनी दैनिकमा छ।

जिल्लामा पर्याप्त डाक्टर नहुँदा बिरामीले घण्टौं कुरेपछि मात्रै पालो आउँछ। बिरामीको चाप अस्पतालमा भएपनि पर्याप्त दरबन्दी पूर्ति हुन सकेको छैन्।