२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक डाक्टरको भागमा १२ सय बिरामी



अ+ अ-

काठमाडौ‌ं । एक डाक्टरको भरमा एक हजार २ सय नागरिककले उपचार सेवा लिनुपर्ने बाध्यता भएको छ। दूरदराजका गाउँमा त अझै डाक्टर उपलब्ध हुँनै मुस्किल छ।

उपलब्ध भएका ठाउँमा पनि बिरामीले डाक्टरको उपचार पाउन निकै कठिन हुने गरेको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार देशभर २३ हजार ७७१ डाक्टर छन्। जसअन्तर्गत २१ हजार ३३ मेडिकल डाक्टर, २ हजार ७१८ डेन्टल डाक्टर छन्।

पुरुष डाक्टरको सख्या १४ हजार १२६ र महिला डाक्टरको संख्या ६ हजार ९०७ छ। केन्दीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसरा नेपालको कुल जनसंख्या ३ करोड बढी छ। यसरी हेर्दा एउटा डाक्टरको भरमा १ हजार २ सय नागरिक पर्छन्। बिरामीको अनुपातमा डाक्टरको खंख्या न्यून हुँदा बिरामीहरुलाई उपचार सेवामा समस्या हुने गरेको खबर राजधनी दैनिकमा छ।

जिल्लामा पर्याप्त डाक्टर नहुँदा बिरामीले घण्टौं कुरेपछि मात्रै पालो आउँछ। बिरामीको चाप अस्पतालमा भएपनि पर्याप्त दरबन्दी पूर्ति हुन सकेको छैन्।