१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

भवन नहुँदा कामकाजमा समस्या



अ+ अ-

डोटी । दुई नगरपालिका र सात गाउँपालिकासहित नौ स्थानीय तहमा आफ्नो भवन नहुँदा कामकाज गर्न समस्या भएको छ । कार्यालय भवन नहुँदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता छ ।

दिपायल सिलगढी र शिखर नगरपालिकाको आफ्नो कार्यालय भवन भए पनि अन्य वडामा भवन नहुँदा कर्मचारीले भाडाका घरमा कार्यालय राखेर कामकाज गर्दै आएका छन् । गाउँपालिकाले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन बनाउने निर्णय त गरेका छौँ, सबैलाई पायक पर्ने ठाउँमा जमीन नपाउँदा समस्या भएको छ ।”

जिल्लाका सायल, आदर्श, पूर्वीण्चौकी र बडीकेदार गाउँपालिकाले अहिलेसम्म आफ्नो भवन बनाउन सकेका छैनन् भने बोगटान, जोरायल तथा केआइसिंह गाउँपालिकाले तत्कालीन गाउँ विकास समितिकै भवनमा कामकाज चलाउँदै आएका छन् । गाउँपालिका सञ्चालनका लागि ती भवनमा पर्याप्त मात्रामा कोठा नहुँदा कामकाजमा समस्या हुने गरेको जोरायल गाउँपालिका कार्यकारी प्रमुख समिर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन सानो छ, कोठा पर्याप्त नहुँदा कठिनाइ भएको छ ।” यहाँका कतिपय स्थानीय तहका भवन काहाँ राख्ने भन्ने विषयमा स्थानीयवासीबीच विवाद हुँदा भवन निर्माण गर्न समस्या भएको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो ।