३ मंसिर २०८१, सोमबार
,
Latest
आयात गर्ने सामानमा भ्याट छुट नपाउँदा बाढीले क्षति पुर्याएका जलविद्युत आयोजनाको पुनर्निर्माणमा समस्या करेन्ट लागेर एक जनाको मृत्यु बङ्गलादेशको विशेष न्यायाधिकरणले हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सानो गौचरणमा प्रकाश भुजेलले मृतकको परिवारलाई ५२ लाख दिने सहमति सडकको पहुँचले मलैबासीलाई सहज मुख्यसचिव बैकुण्ठ अर्यालले दिए राजीनामा राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुंगानाकाे अन्त्येष्टि गर्ने सरकारको निर्णय, आज सार्वजनिक बिदा चिनियाँ कार्डबारे एमालेको वक्तव्यप्रति प्रचण्डको टिप्पणी– ‘खुदा पहाड, निक्ला चुहा’ पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

झुपडीदेखि महलमा बस्ने सबैको शिक्षा प्रतिवेदन खै ? : अधिकारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीले शिक्षा आयोगको प्रतिवेदनमा संसदमा पेश गर्न माग गरेका छन्।

राष्ट्रिय सभाको आज बसेको बैठकमा विशेष समयमा बोल्दै अधिकारीले आयोगले प्रतिवेदन बुझाएको महिनौं बित्दा समेत प्रतिवेदन सार्वजनिक नगरिएको प्रति आपत्ति जनाए।

अधिकारीले प्रतिवेदन नै संसदमा सार्वजनिक नगरी कानुन निर्माण अगाडि बढाउन नहुने कुरा राखेका थिए । आयोगको प्रतिवदेनमाथि छलफल नगरी कुनै पनि कानुन ल्याइए मान्य नहुने बताए । उनले शिक्षक, विद्यार्थी, झुपडीदेखि महलमा बस्ने सबैको सरोकार प्रतिवेदनमा रहेको बताए।

‘सदनलाइ गुमराहमा राखेर प्रतिवेदन पेश नगर्नु आश्चर्य र विस्मयको कुरा हो। शिक्षाको कुरा सरकारको मात्रै मन्त्री वा मन्त्रालयको कुरा मात्र भन्ने ठान्नु ज्यादती हो’, अधिकारीले भने।

सरकारले शिक्षा मन्त्रीकै संयोजकत्वमा उच्च स्तरीय शिक्षा आयोग गठन गरेको थियो। आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।