७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

निजगढ विमानस्थल निर्माणका लागि ४ अर्ब खर्चिएर टाँगिया बस्ती सार्ने

निजगढ विमानस्थल निर्माणका लागि ४ अर्ब खर्चिएर टाँगिया बस्ती सार्ने
अ+ अ-

वीरगञ्ज । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आयोजनास्थलमा पर्ने टाँगिया बस्ती सार्ने प्रक्रिया थालिएको छ ।

निर्माण शुरु नहुँदै ‘विकास भर्सेस पर्यावरण’ भन्ने विवादमा परेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका नाममा १,४७६ घरधुरीलाई ११ वर्षदेखि खानेपानी, बिजुली, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सुविधाबाटै वञ्चित गरिएको थियो ।

सरकारले उक्त आयोजना सुचारु गरेपछि आयोजनामा बाधा पुग्ने भन्दै बस्ती सार्न करिब ४ अर्ब रुपैयाँ खर्चन लागिएको हो । जितपुर सिमरा उपमहानगरपालिका– १६ मा पर्ने टाँगिया बस्तीलाई सोही वडाको पिलुवा, वडा नं १७ को रामनगर हरैया र कोल्हवी नगरपालिकाको उत्तर तामागढी क्षेत्रमध्ये एक ठाउँमा सारिने विमानस्थल आयोजना कार्यालयले जनाएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेलले विमानस्थल निर्माणका लागि एक हजार बिघामा फैलिएको बस्ती स्थानान्तरण गर्नुको विकल्प नदेखिएको बताए ।

‘झाडी र बुट्यान मात्रै भएको पसाहा, हरैया र कोल्हवी उत्तरको तामागढी क्षेत्र गरी तीन स्थानमा जग्गा खोजेका छौं’, उनले भने ‘संभाव्यता अध्ययन गर्न सरकारले टोली पठाउँदैछ ।’

यी तीनमध्ये एक ठाउँमा एकीकृत नमूना बस्ती निर्माण गरेर टांगियाबासीलाई सारिने मेयर पौडेलले बताए ।

टाँगिया बस्तीमा अहिले पनि बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यको सुविधा छैन । यहाँ रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक आधारभूत विद्यालयको भवन निर्माणका लागि २०६७ सालमा गाउँमा यज्ञ आयोजना गरी रकम जुटाइएको थियो । तर, जिल्ला शिक्षा कार्यालयले अनुमति नदिएपछि भवन निर्माणको योजना अलपत्र पर्यो ।

सोही वर्ष बाराबाट निर्वाचित तत्कालीन सांसदद्वय पुरुषोत्तम पौडेल र जयराम दाहालले सांसद विकास कोषको रकम मार्फत विद्युत् लाइन विस्तारका लागि बिजुलीका २० थान पोलको व्यवस्था गरे । तर, विद्युत् कार्यालयले त्यसलाई पनि रोकिदियो ।

पछि ती पोल अन्य गाविसमा वितरण गरिए । टाँगिया बस्ती सरोकार समितिका अध्यक्ष सापकोटाका अनुसार, विद्यालयको माग गर्दै यहाँका बासिन्दा शिक्षा मन्त्रालयसम्म पनि पुगे । तर, विमानस्थलको कारण देखाएर मन्त्रालयले विद्यालय स्थापनाको अनुमति दिएन ।

बस्तीमा १,४७६ घरधुरी छन् । बस्तीमा स्वास्थ्य सेवा उपलब्ध नरहेकाले स्वास्थ्य क्लिनिक सञ्चालनका लागि यहाँका गाउँलेले व्यक्तिगत रूपमा रकम उठाएर भवन निर्माण पनि शुरू गरे ।तर, कतैबाट सहयोग नपाएपछि त्यो काम पनि अघि बढ्न नसकेर अलपत्र छ ।