७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

धुर्मुस सुन्तलीलाई विष्टको चेतावनी : क्रिकेट रंगशालाको नाम परिवर्तन गर्नुस्, नत्र हामी अगाडि बढ्छौ

धुर्मुस सुन्तलीलाई विष्टको चेतावनी : क्रिकेट रंगशालाको नाम परिवर्तन गर्नुस्, नत्र हामी अगाडि बढ्छौ
अ+ अ-

काठमाडौँ । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकामा बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को नाममा विवाद परेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार आर्थिक वर्ष २०७५–०७६ को कार्ययोजनामा नै यो रंगशाला समावेश गरेर बजेटसमेत विनियोजन भइसकेको अवस्थामा धुर्मुस–सुन्तली फाउन्डेसनले पनि उहि नाम राखेर मैदान बनाउन लागेपछि विवाद सृजना भएको हो ।

राखेपाले आफुहरुसँग छलफल नै नगरि धुर्मुस सुन्तली फाउण्डसेनले अर्को रंगशाला उहि नाममा बनाए कानूनी र व्यवहारिक रुपमा अप्ठ्यारो चेतवानी दिएको छ ।

राखेप सदस्य सचिव केशवकुमार विष्टले बजेटसमेत विनियोजन गरिसकेकाले यही नाममा रंगशाला बनाउने बताए । उनले भने, ‘हामी लामो समयदेखि रंगशाला निर्माण प्रक्रियामा अघि बढेका हौं र यही नाम रहन्छ ।’

धुर्मुस सुन्तली फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय र राखेपसँग समन्वय नगरेको उनको आरोप छ । ‘सरकार पहिल्यै अघि बढिसकेको छ, उहाँहरुले हामीसँग समन्वय गर्न पथ्र्यो । अध्ययन गर्नुपथ्र्यो,’ विष्टले भने ।

उनले खेलकुदको सर्वोच्च निकाय भनेको राखेप र खेलकुद मन्त्रालय भएको र सम्बन्धित निकायसँग समन्वय नगरिकन जाँदा यस्तै खालका समस्याहरु उत्पन्न हुने विचार व्यक्त गरेका छन् ।

उनले समन्वय गरे एउटा विधि खोज्ने र समन्वयन नगरे आफ्नो नाममा अघि बढ्ने जानकारी दिए ।

१६ माघमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको सम्झौता भएको थियो। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुदमन्त्री विश्वकर्मा पनि उपस्थित थिए । तीन अर्ब लागतमा २५ हजार दर्शक क्षमताको रंगशाला बन्ने धुर्मुस–सुन्तली फाउन्डेसनले जानकारी गराएका थिए ।