३ मंसिर २०८१, सोमबार
,
Latest
नक्सालको फर्निचर कारखानामा आगलागी धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा आयात गर्ने सामानमा भ्याट छुट नपाउँदा बाढीले क्षति पुर्याएका जलविद्युत आयोजनाको पुनर्निर्माणमा समस्या करेन्ट लागेर एक जनाको मृत्यु बङ्गलादेशको विशेष न्यायाधिकरणले हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सानो गौचरणमा प्रकाश भुजेलले मृतकको परिवारलाई ५२ लाख दिने सहमति सडकको पहुँचले मलैबासीलाई सहज मुख्यसचिव बैकुण्ठ अर्यालले दिए राजीनामा राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुंगानाकाे अन्त्येष्टि गर्ने सरकारको निर्णय, आज सार्वजनिक बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिलो पानीमा माछा मार्ने प्रवृत्ति अझै जारी छ : गृहमन्त्री थापा



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा कायम गर्ने गहन जिम्मेवारी प्रहरीमा छ भन्दै पेशागत निष्ठा र सेवाग्राहीले अनुभव गर्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिए ।

उनले नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल रहेको र ९० प्रतिशत बढी प्रतिवादीलाई कानूनी कठघरामा उभ्याइनुुुु सङ्गठनको व्यावसायिकताकै सूचक भएको उल्लेख गरे । गृहमन्त्री थापाले व्यक्तिगत त्रुटि र लापर्वाहीले सङ्गठनप्रतिको नागरिकको भरोसा घट्ने बताउँदै त्यसमा सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

हिलो पानीमा माछा मार्ने प्रवृत्ति अझै जारी रहेको र राष्ट्र र संविधान विरोधी गतिविधि प्रदर्शन भइरहेको छ भन्दै उनले देशलाई विखण्डनतर्फ लैजाने समूहका गतिविधिमा चनाखो बन्न प्रहरीलाई आग्रह गरे । गलत मनशायले निर्दोषलाई अपराधी घोषित गर्ने प्रवृत्तिबाट पनि सबै सचेत हुनुपर्नेमा उनको जोड थियो ।

“असमर्थन गर्न पाइन्छ तर अराजक बन्न पाइँदैन, सबै सम्भावना र शक्ति विरोधमा मात्रै खर्च गर्ने हो भने समृद्ध र समुन्नत नेपाल बनाउने कसरी, यो सोचनीय विषय होइन र ?”, गृहमन्त्री थापाले भने । उनले नेपाल प्रहरी सुधारको बाटामा अगाडि बढेको बताउँदै सुरक्षा सरकारको प्राथमिकता र दिगो विकासका लागि अनिवार्य शर्त भएको उल्लेख गरे ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दीक्षित प्रहरी कर्मचारीलाई सिकेका सीपलाई कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर प्रयोग गर्न आग्रह गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले ६२ वर्षअघि स्थापना भएको प्रतिष्ठानको आजै ६३ औँ वार्षिकोत्सवसमेत परेको जानकारी दिँदै यस पटक १९ महीनाको तालीम पार गरी १२ महिलासहित ९५ प्रहरी निरीक्षक दीक्षित भएको बताए । त्रिवि व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले सिकेका ज्ञान सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।

प्रशिक्षणका क्रममा अध्ययनमा सर्वप्रथम हुन सफल कमल क्षेत्री, द्वितीय कुशराम कार्की र तृतीय विष्णुबहादुर बस्नेत, कवाजमा प्रथम सुशील थापा, शारीरिक व्यायाममा प्रथम राकेश रेग्मी, प्रहरी युक्ति तथा कारवाहीमा प्रथम प्रदीप सुवेदी र चाँदमारीमा प्रथम शेखरकुमार शाहलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा पूर्वसमादेशक चिन्तबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।