१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला दलका नेता मिलेर खोलानालाहरु चिनियाँ कम्पनीलाई बेचे : पूर्वप्रधानमन्त्री भट्टराई



अ+ अ-

गोरखा । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजनालाई कमिसन खोरहरुले कमिसन खाएर चिनियाँ कम्पनीलाई दिएको आरोप लगाएका छन् ।

उनले ठूला दलका नेता मिलेर पैसाको खेलमा चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा आयोजना दिएको आरोप लगाएका हुन् ।

पार्टीको जनजागरण अभियानअन्तर्गत मंगलबार गोरखाको आरुघाटमा पुगेका भट्टराईले भने, पैसाको खेलमा ठूला तीन दलका नेता फसेका छन्, नाम पछि भनौंला।

हाम्रा केही साथीहरू क्रान्ति सकियो अब ब्याज खाने हो भने जसरी राज्यलाई दुहुनो गाई बनाइरहेका छन्, उनले भने ।

देशलाई समृद्ध बनाउन बूढीगण्डकीजस्ता ठूला आयोजना स्वेदशी बनाउनुपर्ने भए पनि बिनाप्रतिस्पर्धा चीनको गेजुवा कम्पनीलाई दिएको उनले बताए।

भट्टराई हिजो क्रान्तिसँगै होमिएकाहरू अहिले एकपछि अर्को भ्रष्टाचार काण्डमा फसेर आफुले आफैलाई हासेको पात्र बनाइरहेका बताए ।