२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ किलो सुन काण्ड : थप दुई न्यायाधीश तानिए



अ+ अ-

काठमाडौं। सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश छानबीनमा तानिएका छन् ।

न्यायपरिषद्ले न्यायाधीशहरु जनक पाण्डे र साधुराम सापकोटालाई सचिवालयमा झिकाएको हो ।

यो प्रकरणमा छानबिनमा तानिनेमा विराटनगरका मुख्य न्यायाधीशसहित ८ जना पुगका छन् । मुद्दाको पेसी व्यवस्थापनमा ‘कैफियत’ भेटिएपछि न्यायपरिषद्ले गत माघ ७ मा मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई काठमाडौँ झिकाएको थियो ।

यूएईबाट सुन पठाउने खड्का समातिए ,न्यायपरिषद्ले छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको कान्तिपुर दैनिकमा खबर छ ।