७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

घडेरी बेचेर मिर्गौला रोगको उपचार

घडेरी बेचेर मिर्गौला रोगको उपचार
अ+ अ-

भद्रपुर । गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताउनुभएको छ ।

दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइहनुभएका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको उपचार गर्नुपरेको बताउनुभयो ।

झापाको मेचीनगर नगरपालिका–१२ धाइजनमा डेरा बस्दै उपचारमा धाउँदै गर्नुभएको उहाँका दुवै मिर्गौला काम नलाग्ने भएको विर्तामोडको बीएण्डसी हस्पिटलमा जचाएपछि नौ महीनाअघि पत्ता लागेको थियो ।

त्यसपछि उहाँलाई चिकित्सकले अस्पतालमा भर्ना भएर डाइलासिस गर्न सुझाव दिए । सरकारले डाइलासिस निःशुल्क गराउने घोषणा गरेतापनि सरकारी सुविधाको पालो नपाएर उहाँले सात महीनासम्म पुरै खर्च व्यहोरेर डाइलासिस गराउनुप¥यो ।

झापामा ओमसाई पाथिभरा हस्पिटल, विर्तामोडको पूर्ण टुङ्ग बिर्तासिटी र मेची अञ्चल अस्पतालमा मात्र निःशुल्क डाइलासिसको सुविधा छ । तर बिरामीको चाप असाध्यै बढेका कारण पालो नपाएर श्रेष्ठले पूरै शुल्क तिरेर डाइलासिस गराउनुपरेको हो । श्रेष्ठले सातामा तीन पटक डाइलासिस गर्नुपर्ने चिकित्सकहरुको सुझाव भए पनि हाल आर्थिक कठिनाइका कारण दुई पटक मात्र डाइलासिस गराइरहनुभएको छ ।

गरीबीका कारण १८ वर्षकै उमेरमा पहाड घर छाडेर तराई झर्नुभएको उहाँले मलेशियामा चार वर्ष ग्लोब कारखानामा रोजगारी गरेको बताउनुभयो । “कारखानामा काम गर्दा तातो केमिकलको वाफ सहनुपथ्र्यो”, उहाँ भन्नुहुन्छ, “अहिले चिकित्सकहरुको कुरा सुन्दा त्यही तातो केमिकलको बाफले मेरो दुवै मिर्गौला कुहिएको रहेछ ।”

मलेशियाबाट लामो घर बिदा बसेर फेरि उतै जाने तयारी गर्दा श्रेष्ठलाई आँतमा ज्वरो आएको थियो । ज्वरो जचाउँदा दुवै मिर्गौला खराब भएको पत्ता लागेको हो ।
“जग्गा बेचेको रु १० लाख ७५ हजार पनि उपचारमा खर्च भइसक्यो”, उहाँले अब उपचार खर्चको अभाव भएको बताउँदै भन्नुभयो, “चिकित्सकले तुरुन्त डाइलासिस गर्नु भन्नुभएको छ, अब कहाँबाट पैसा जुटाउने १”

उहाँकी पत्नी रेशकुमारी श्रेष्ठ र ४ वर्षको छोरा अभिषेक डेरामा छन् । डेरा भाडा मासिक रु तीन हजार ५०० लाग्ने गरेको छ । “उपचारको समस्या छँदैछ, अब त अहिले खाए भरे के खाने भन्ने समस्या नै भइसक्यो”, रेशकुमारी भन्नुहुन्छ ।

रेशकुमारी बिहान बेलुकाको हातमुख जोर्ने जोहो गर्नका लागि एक महीनादेखि ज्याला मजदुरी काममा लाग्नुभएको छ ।
रेशकुमारीले पतिलाई मिर्गौला प्रत्यारोपणका लागि आफ्नो एउटा मिर्गौला दान गर्ने बताउनुभएको छ । तर प्रत्यारोपणका लागि करीब रु १५ लाख खर्च लाग्ने बताइएको छ । स्थानीयवासीले उहाँको मिर्गौला प्रत्यारोपणका लागि खगेन्द्र आचार्य अध्यक्ष र विकास नेम्वाङ उपाध्यक्ष रहनुभएको सहयोग समिति गठन गरेका छन् । उपाध्यक्ष नेम्वाङका अनुसार अब चन्दा उठाएर लोकनाथको जीवन बचाउन अभियान चलाउने निधो गरिएको छ ।