१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसजीको सानदार जित, किमपेम्बे र एमबाप्पे बने नायक



अ+ अ-

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले म्यानचेस्टर युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

लिगअन्तर्गत युनाइटेडको घरेलु मैदानमा भएको राउन्ड अफ १६ को पहिलो लेगमा पीएसजीका नेमार, इडिन्सन काभानीलगायत खेलाडी चोटका कारण खेलेका थिएनन् । युनाइटेडलाई उसैको मैदानमा हराउन पीएसजीका प्रेस्नेल किमपेम्बे र केलियन एमबाप्पेले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पीएसजीले दोस्रो हाफमा दुई गोल गर्दै खेल जित्यो । ५३ औं मिनेटमा किमपेम्बेले पहिलो गोल गरे । ६० औं मिनेटमा एमबाप्पेले अर्को गोल थप्दै पीएसजीको जित सुनिश्चित पारेका थिए ।

खेलको अन्तिम १० मिनेट १० खेलाडीमा समेटिएको युनाइटेडले गोल फर्काउन सकेन । युनाइटेडका पउल पोग्वा ८९ औं मिनेटमा दोहोरो पहेँलो ९रातो० कार्ड खाँदै बाहिरिका थिए । पोग्वाले अब दोस्रो लेग गुमाउने छन् । यसैगरी च्याम्पियन्स लिगको अर्को खेलका इटालियन क्लब रोमाले पोर्चुगिज क्लब पोर्तोलाई २–१ गोलले हराएको छ ।