३ मंसिर २०८१, सोमबार
,
Latest
प्रदूषणका कारण भारतको राजधानीमा विद्यालयहरू बन्द अन्तर्राष्ट्रिय बजारमा ‘होस्टेल ३’को बढ्दो माग: अस्ट्रेलिया, न्यूजिल्यान्ड, जापान, मध्यपूर्व र मलेसियामा बिक्री पूर्वसभामुख ढुंगानाको निधनको शोकमा काँग्रेसले मंसिर ४ गते केन्द्रिय कार्यालय बन्द गर्ने काठमाडौं गुर्खाजको ब्राण्ड एम्बासडरमा इन्दु बर्मा नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा प्रधानन्त्री ओलीबाट पूर्व सभामुख ढुङ्गानालाई सम्मानसहित अन्तिम बिदाइ सभापति देउवाद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण प्रधानमन्त्रीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण प्रकाश भुजेलले ५२ लाख दिने सहमतिसँगै नगरकोटी दप्पतीको शव आज उठाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डसँगै बसेको तस्वीर राख्दै बाबुरामले भने : जनआन्दोलनको भूमिका नभुलौं



अ+ अ-

काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् ।

दुई वर्षअघि तत्कालीन माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी गठन गरेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आज शुभकामना दिएका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो तस्वीर पनि ट्वीट गरेका छन् ।

‘नेपाली समाजको लोकतान्त्रिकीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस
( फागुन १ गते ) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना’, बाबुरामले ट्वीट गरेका छन्, ‘संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दशवर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२/०६३ को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं ।’